काठमाडौं– काठमाडौंमा जारी शिक्षक आन्दोलन आज पनि जारी रहनेछ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्– ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ ।’
उनले सोमबार राति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।
सोमबारको वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । महासङ्घका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषय बाँकी रहेकाले निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ