२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

नेपाल जनस्वास्थ्य संघका अध्यक्ष कृष्णमान शाक्यको अध्यक्ष पद विधान विपरित

काठमाडौं- नेपाल जनस्वास्थ्य संघ (नेफा)का केन्द्रीय अध्यक्ष कृष्णमान शाक्यको अध्यक्ष पद गुम्ने भएको छ।

संघको पदमा एक वर्षअघि गत वर्ष २०८० चैत २७ गते निर्विरोध निर्वाचित भएका अध्यक्ष शाक्य विधान विपरित अध्यक्षमा नियुक्ति भएको पाइएपछि उनको अध्यक्ष पद गुम्ने पक्का भएको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुरले कृष्णमान शाक्य अध्यक्षको पदमा रही काम कारबाही गर्ने कार्य विधान सम्मत् भएको नदेखिएकाले सोही अनुसार कार्यान्वयन गर्न गराउन भनेको छ। 

जिल्ला प्रशासनले संघका सदस्य टोपेन्द्र खड्काले हालेको उजुरीको छानबिनपछि शाक्यको अध्यक्ष पद विधान विपरित रहेको भन्दै सोही अनुसार अगाडि बढ्न पत्र काटेको हो। प्रशासनको यो पत्रपछि शाक्यको अध्यक्ष पद गुम्ने भएको हो।

सदस्य खड्काले २०८१ साउन १७ गते प्रशासन कार्यालयमा उजुरी दिएका थिए। प्रशासन कार्यालय ललिपतुरले सो सम्वन्धी विषयको जाँचवुझ गर्न २४ साउन २०८१, १५ भदौ २०८१ र ३१ भदौ २०८१ गरी तीन पटक पत्राचार गरी नेफासंग आवश्यक सूचनाहरु माग गरेको थियो।

नेफाले नै दिएको सूचनाको आधारमा जिप्रकाले शाक्यको अध्यक्ष पद विधान विपरित रहेको जानकारी गराएको हो। प्रशासन कार्यालयले शाक्यलाई पनि बोधार्द दिँदै उनको पद विधान अनुसार नभएको जानकारी गराइसकेको छ।

प्रशासनको पत्रपछि वैशाख ९ गते बसेको बैठकको अध्यक्षता उपाध्यक्ष तेजप्रसाद दुलालले गरेका थिए। उक्त बैठकमा शाक्य आफैंले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट आएको पत्रबारे जानकारी गराएको एक सदस्यले जानकारी दिए।

हेरौं पत्र

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट