
सिन्धुली – दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ।
जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन्।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मेयर अधिकारीबाट बलात्कृत भएकी भनिएकी महिलाले एक सन्तान समेत जन्माएकी छन्।
छोरा बच्चाकी आमा ती महिलाको जाहेरी दर्ता भएको र कानून बमोजिम अनुसन्धान अघि बढेको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले बताए।

अधिकारी २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनबाट मेयरमा निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेता अधिकारी सांसद राजन दाहालको कोर टिमका प्रभावशाली सदस्य मानिन्छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ


















