२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

१६ वर्षीया किशोरी बलात्कृत

मोरङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया)लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

१६ वर्षीया किशोरी बलात्कृत

छुटाउनुभयो कि ?