२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

ह्वाट्सएपमा आयो ‘एडभान्स्ड च्याट प्राइभेसी’ फिचर, च्याट लिक नहुने दाबी

काठमाडौँ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि ‘एडभान्स्ड च्याट प्राइभेसी’ सार्वजनिक गरेको छ । यस फिचरमार्फत व्यक्तिगत तथा ग्रुप च्याटमा गोपनीयता थप बलियो बनाउने कम्पनीले लक्ष्य राखेको छ । 

ह्वाट्सएपले सुरक्षाका लागि मेसेज र कलहरूलाई इन्ड टु इन्ड इन्क्रिप्सन विधि प्रयोग गर्दै आएको छ । त्यसकै आधारमा कम्पनीले ‘डिसएपियरिङ मेसेज’, ‘च्याट लक’ जस्ता गोपनीयताका अन्य तह थपेको छ ।

पछिल्लो फिचर ‘एडभान्स्ड च्याट प्राइभेसी’ सक्रिय गरेपछि प्रयोगकर्ताले अरूलाई च्याट एक्सपोर्ट गर्न, मिडिया अटो-डाउनलोड गर्न वा च्याटमा प्रयोग भएका मेसेजहरूलाई एआई फिचरमा प्रयोग गर्न रोक लगाउन सक्नेछन् ।

ह्वाट्सएपले भनेको छ, “यसले च्याटका सबै सदस्यलाई च्याटमा भएका कुराकानी बाहिर लैजान सकिँदैन भन्नेमा थप विश्वास दिलाउँछ ।” यो फिचर विशेषगरी त्यस्ता व्यक्तिका लागि उपयोगी छ, जहाँ च्याट ग्रुपका सहभागीहरू एक-अर्कामा नचिने पनि संवेदनशील विषयमा छलफल गर्छन् । 

यसले ग्रुपका मेम्बरहरूलाई संवाद बाहिर जाने डर बिना कुरा राख्न सहज बनाउने ह्वाट्सएपको विश्वास छ ।

नेपालमा पनि यो फिचर चाँडै उपलब्ध हुने अनुमान छ । ‘एडभान्स च्याट प्राइभेसी’ फिचर इनेबल गर्न प्रयोगकर्ताले सम्बन्धित च्याट खोलेर ‘च्याट नाम’मा ट्याप गर्नुपर्नेछ । त्यसपछि ‘एडभान्स च्याट प्राइभेसी’ विकल्पमा ट्याप गरेर फिचर अन गर्न सकिन्छ ।

ह्वाट्सएपले यो फिचरको अहिलेको संस्करण सुरुवाती चरण भएको र भविष्यमा थप सुरक्षा सुविधा थप्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १२:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट