२०८२ मंसिर ८ आईतवार
LATEST NEWS
२०८२ मंसिर ८ आईतवार

सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गर्ने तयारी

बुटवल –भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित उनको घरमा ल्याइएको छ ।

उनको शव सुनौली नाका हुँदै बिहीबार बिहान घरमा ल्याइएको हो । सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउसम्म हवाई जहाजमा ल्याइएको थियो । लखनउबाट नेपाल भारत सुनौलीसम्म र सुनौलीबाट घरसम्म नेपालको एम्बुलेन्समा ल्याइएको हो ।

Ncell 2
Ncell 2

उनको पार्थिव शरीर बिहीबार (आज) नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।

shivam cement
shivam cement

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका बुटवलका युवा सुदीप न्यौपानेको आतंककारी हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् । हमलामा उनी सहित अन्य २६ जनाको मृत्यु भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट