२०८२ भाद्र २६ बिहीबार
LATEST NEWS
२०८२ भाद्र २६ बिहीबार

लगातार चौथो दिन पनि घट्यो सेयर बजार

काठमाडौं–यो साता लगातार चौथो कारोबार बुधबार पनि सेयर बजार सूचक (नेप्से)मा भारी गिरावट आएको छ। 

यस दिन नेप्से सूचक ३२.३८ अंकले गिरावट हुँदै २६५५.९४ विन्दुमा पुगेको छ।

आज कारोबार रकम पनि गिरावट हुँदै ७ अर्ब ५७ करोडमा खुम्चिएको छ। यसैबीच दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छन्। आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सर्किट लागेको हो।

Ncell 2
Ncell 2

यसैबीच आज जम्मा २८ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा २१७ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर बसेको छ।

देशमा भइरहेको आन्दोलनहरूसँगै गभर्नर नियुक्ति प्रक्रिया गिजोलिएसँगै सेयर बजारमा लगातार गिरावट आएको हो। पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा दिनानुदिन किचलो हुँदै गएको छ।

shivam cement
shivam cement

चैत २२ गतेदेखि खाली रहेको १८औँ गभर्नरको पद तीन सातादेखि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। सरकारले फागुन २२ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको गभर्नर छनौट सिफारिस समितिको सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएसँगै सेयर बजारमा भारी गिरावट आएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट