२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

टिकटकको भिडिओ एडिटिङ एप क्यापकटलाई टक्कर दिन इन्स्टाग्रामले ल्यायो ‘एडिट्स’

काठमाडौँ । इन्स्टाग्रामले ‘एडिट्स’ नामक नयाँ भिडिओ एडिटिङ एप सार्वजनिक गरेको छ । यो एप टिकटकको लोकप्रिय भिडिओ एडिटिङ एप क्यापकटसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो ।

यो आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा निःशुल्क रूपमा उपलब्ध गराइएको छ । कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै यो एप डिजाइन गरिएको हो । यसमा प्रोजेक्ट म्यानेजमेन्ट, नोट तथा आइडिया ट्य्राकिङका साथै भिडिओको पर्फर्मेन्स सम्बन्धी डेटा हेर्ने लगायतका सुविधाहरू छन् । नियमित इन्स्टाग्राम एपमा नभएका एड्भान्स एडिटिङ टुलहरू पनि यसमा छन् ।

उदाहरणका लागि स्टिल अर्थात् स्थिर फोटोबाट बनाइएका एआई एनिमेसन, ग्रीन स्क्रिन रिप्लेसमेन्ट, ब्याकग्राउन्डबाट सब्जेक्ट छुट्याउन मिल्ने जस्ता सुविधाहरू यसमा छन् । एडिट्सका धेरै एडिटिङ सुविधाहरू क्यापकटसँग मिल्दाजुल्दा रहेका छन् । इन्स्टाग्रामको मातृ कम्पनी मेटाले क्यापकटलाई सोझो प्रतिस्पर्धीको रूपमा हेरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले सुरुमा यी दुई एपहरूबिचको समानता स्वीकार गरे पनि एडिट्स सामान्य भिडिओ बनाउनेहरू भन्दा क्रिएटरहरूका लागि बढी लक्षित हुने बताएका छन् ।

उनले द भर्जलाई दिएको जवाफमा यो एप क्यापकट भन्दा धेरै फरक हुने बताएका छन् । जसमा धेरै विस्तृत क्रियटिभ टुलहरू हुनेछन् र सायद यसको प्रयोगकर्ता आधार सानो हुनेछ ।

इन्स्टाग्रामले एडिट्समा आउने भविष्यका सुविधाहरू पनि देखाएको छ, जसमा कीफ्रेमहरू, एआई एडिटिङ, र अन्य प्रयोगकर्ताहरूसँग मिलेर भिडिओहरूमा काम गर्ने क्षमता आदि समावेश छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १०:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट