२०८२ जेष्ठ ३२ शनिबार
२०८२ जेष्ठ ३२ शनिबार

सिन्धुपाल्चोक। ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन्।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मंगलबार साझँदेखि सम्पर्कविहीन भएका थिए।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन्। सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन्।

बा २ क ९०५६ नं को एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ।


सामाग्री श्रोत :

एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला

काठमाडौँ । तपाईंको विन्डोजमा खुला रूपमा छरिएका फाइलहरूले चुपचाप कम्प्युटरको स्टोरेज बढी खपत गरेका हुन्छन् । यस्ता फाइलहरूले गर्दा डिभाइसमा स्टोरेज कम हुने समस्या देखिन्छ । स्टोरेज कम हुँदा कम्प्युटरको परफर्मेन्स खस्किन्छ ।

त्यस्तै, यसरी खुला रूपमा छरिएका फाइलहरूले पनि ड्राइभलाई कुरुप बनाउँछन् । यदि तपाईं पनि फाइलले खपत गर्ने अनावश्यक स्टोरेजको समस्या कम गर्न चाहनुहुन्छ र ड्राइभमा रहेका फाइलहरू व्यवस्थित बनाएर राख्न चाहनुहुन्छ भने तपाईंलाई काम लाग्ने टिप्स यो सामग्रीमा राखिएको छ । त्यसका लागि तपाईंले गर्नुपर्ने काम हो — ‘फाइल कम्प्रेस’ ।

कम्प्रेस नगरिएका फाइलहरूले अनावश्यक रूपमा स्टोरेज खपत गर्छन् !

हामीमध्ये धेरैले आफ्नो पीसीमा राखिएका फाइलहरूको स्टोरेजबारे धेरै सोच्दैनौँ । तर, समयसँगै ती फाइलहरू जम्मा हुँदै जान्छन् र अन्ततः तपाईंले आफ्नो पीसीको स्पेस कम भएको ‘वार्निङ मेसेज’ देख्न सक्नुहुन्छ ।

तपाईंले पीसीको स्पेस बचाउने बानी अपनाउनु भएको छ भने पनि कहिलेकाहीँ फाइलले अनावश्यक स्पेस ओगटेको देख्न सक्नुहुन्छ । तर, विन्डोजमा यसका लागि एक सजिलो उपाय छ ।

धेरैलाई विन्डोजमा हुने फाइल कम्प्रेसन सिस्टम प्रयोग गर्नेबारे थाहा नहुन सक्छ । थाहा भए पनि प्रयोग नगर्नु भएको हुन सक्छ । वास्तवमा फाइलहरू पीसीमा जुन अवस्थामा छन्, त्यही अवस्थामा प्रयोग गरिरहन धेरैले कम्प्रेस गरिरहने झन्झट गर्दैनन् । फाइल कम्प्रेस गरिसकेपछि आवश्यक पर्दा एक्स्ट्र्याक्ट गर्नुपर्ने काम झन्झटिलो लाग्न सक्छ । तर, यसका थुप्रै फाइदा छन् ।

कस्ता फाइल कम्प्रेस गर्ने ?

तपाईंले आफ्नो कम्प्युटरमा भएका सबै फाइल कम्प्रेस गर्नु पर्दैन । ती फाइल मात्र कम्प्रेस गर्नुहोस्, जो दिनहुँ खोलिरहन पर्दैन । तपाईंले दिनहुँ प्रयोग गर्ने फाइल कम्प्रेस गरेर प्रयोग गर्न खोज्दा हरेक पटक डिकम्प्रेस गर्नुपर्ने हुन सक्छ । यसले गर्दा तपाईंको काम केही ढिलो हुन्छ र झन्झटिलो पनि । त्यसको सट्टा ठूला र कहिलेकाहीँ मात्र प्रयोग गरिने फाइलहरूमा केन्द्रित हुनुहोस् :

याद गर्नुहोस्: ‘JPEG’, ‘MP4’, र ‘PDF’ जस्ता केही फाइल पहिले नै कम्प्रेस गरिएका हुन्छन् । तपाईंले फाइल हाई क्वालिटीमा सेयर गर्न वा आर्काइभमा राख्नका लागि जिप फाइल बनाउन सक्नुहुन्छ । यस्ता फाइल कम्प्रेस गर्दा तुलनात्मक रूपमा थोरै स्टोरेज मात्र बच्न सक्छ ।

विन्डोजको बिल्ट-इन टुल प्रयोग गरी फाइल कसरी कम्प्रेस गर्ने ?

विन्डोजमा फाइल कम्प्रेस गर्ने दुई सजिलो तरिका छन् । तपाईंले फाइल कम्प्रेस गर्नका लागि छुट्टै सफ्टवेयर इन्स्टल गरिरहनु पर्दैन

एनटीएफएस (NTFS) फाइल कम्प्रेसन

यो विधिले फाइल एक्सप्लोरर भित्रै काम गर्छ । यसमा तपाईंले कम्प्रेस गरिएका फाइललाई म्यानुअल रूपमा डिकम्प्रेस नगरी खोल्न र प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयोग गर्ने तरिका:

अब तपाईंले छानेका फाइल वा फोल्डरलाई विन्डोजले स्वचालित रूपमा कम्प्रेस गर्नेछ । तपाईंले ती फाइलहरू सामान्य रूपमा देख्न र खोल्न सक्नुहुनेछ, तर तिनले ड्राइभमा कम स्पेस लिनेछन् ।

यदि फाइल एक्सेस गर्दा धेरै ढिलो भएको देख्नुभयो भने माथिको तरिका अपनाएर ‘Compress contents to save disk space’ विकल्पबाट टिक हटाएर कम्प्रेसन निष्क्रिय गर्न सक्नुहुन्छ ।

जिप आर्काइभ (ZIP Archive) बनाउने

स्टोरेज बचाउन र फाइल व्यवस्थापन गर्न फाइललाई आर्काइभमा जिप गर्नु अर्को उपयोगी तरिका हो । यो प्रायः ब्याकअप वा सेयर गर्नका लागि प्रयोग गरिन्छ ।

प्रयोग गर्ने तरिका:

यसरी विन्डोजले सोही ठाउँमा एउटा .zip फाइल बनाउनेछ । पछि तपाईंले यसलाई डबल-क्लिक गरेर सामग्रीहरू निकाल्न सक्नुहुन्छ ।


थर्ड पार्टी कम्प्रेसन टुलहरू

यदि तपाईं अझ राम्रो कम्प्रेसन वा फरक ढाँचाको आवश्यकता महसुस गर्नुहुन्छ भने थर्ड पार्टी एप प्रयोग गर्न सक्नुहुन्छ:

गलत फाइलहरूलाई कम्प्रेस नगर्नुहोस्

कुन फाइलहरूले धेरै स्पेस लिएका छन् भनेर पहिले जाँच गर्नुहोस् । सिस्टम फाइल, दैनिक प्रयोग हुने फाइल, वा अहिले नै आवश्यक फाइलहरू कम्प्रेस नगर्दा राम्रो हुन्छ । यी फाइलहरूलाई डिकम्प्रेस गर्न झन्झटिलो हुने भएकाले काम सुस्त हुने सम्भावना हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १८:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।

Ncell 2
Ncell 2

शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

shivam cement
shivam cement

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउने बताएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारदेखि आयोजित ‘डिजिटल कर्णाली कन्क्लेभ’को आज समापन समारोहमा बोल्दै मुख्यमन्त्री कँडेलले कन्क्लेभको निष्कर्षले डिजिटल कर्णाली निर्माणमा सबैको सहयोग आवश्यकता रहेको बताए। भोट सम्झेर नीति बनाउने प्रवृत्तिले कर्णालीको सुधार नहुने बताउँदै उहाँले यस्तो मनोविज्ञानको अन्त्य हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कँडेलले भने, ‘पछिल्लो समय हामी नीति, नियम, कानुन र काममा सुधार गर्दै विधिको आधारमा अगाडि बढेका छौँ। अब हिनताबोध होइन, ऊर्जा लिएर आशाको मार्ग चित्र कोरौँ।’ डिजिटल शिक्षा र प्रविधि कर्णालीका निम्ति आवश्यक भएको उल्लेख गर्दै उनले यसको औचित्यतालाई पुष्टि गर्ने गरी नतिजा निकाल्ने र त्यसका लागि तीनै तहका सरकारको समन्वय, सहकार्य र सहअस्तित्व जरुरी रहेको औँल्याए।

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा भौगोलिक विकटता र विद्युतीकरणको समस्या भए पनि डिजिटाईजेसनमा प्रतिस्पर्धी हुनैपर्ने बताए। सूचना र प्रविधिको चरम विकास भइरहेको बेला अन्य प्रदेश भन्दा कमजोर देखिए पनि कर्णालीले डिजिटाइजेसनमा भावी मार्गचित्र निर्माण गर्नुपर्नेमा जोड दिए।

दुई दिनसम्म चलेको कन्क्लेभमा कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग, त्यसको विस्तार र सम्भावनाको खोज सम्बन्धमा छलफल भएको थियो। त्यही अनुरुप आगामी कार्ययोजना निर्माण गरी अगाडि बढ्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले डिजिटल पूर्वाधार तथा शिक्षा प्रणाली विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवर्द्धन र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने कामहरुका विषयमा भएको छलफल महत्त्वपूर्ण छ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले डिजिटाइजेसन एउटा माध्यम भएको प्रतिक्रिया दिँदै सार्वजनिक निजी साझेदारीबाट डिजिटल कर्णाली निर्माणको यात्रामा सहयोग पुग्ने बताए।


सामाग्री श्रोत :

‘डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउछौँ’

काठमाडौँ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको नाफा घटेपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अब राष्ट्रपति ट्रम्पको लागि वासिङ्टनमा कम समय दिने बताएका छन् । यो वर्षको पहिलो तीन महिनामा मात्रै कम्पनीको नाफा ७१ प्रतिशतले घटेको छ ।

मङ्गलबार वाल स्ट्रिटका विश्लेषकहरूसँगको छलफलमा मस्कले ट्रम्पको कार्यकालभर हप्तामा एक वा दुई दिन वासिङ्टनको काममा बिताउने सम्भावना रहेको बताए । उनी ट्रम्पका नजिकका विश्वासपात्र हुन् । सरकारी खर्च कटौती तथा हजारौँ सङ्घीय सरकारी कर्मचारीहरूको जागिर घटाउने राष्ट्रपति ट्रम्पको प्रयासमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

टेस्लाले पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर नाफा कमाएको जानकारी दिएको छ । जब कि गत वर्षको सोही अवधिको नाफा १ अर्ब ४० करोड डलर थियो । कम्पनीले गत वर्ष एक अर्ब १० करोड डलर खुद नाफा भएको बताएको थियो ।

अहिले भने टेस्लाको बिक्रीमा कमी आएको छ । चिनियाँ कार निर्माता कम्पनीहरूको तीव्र प्रतिस्पर्धा, नयाँ मोडेलहरूको अभाव र मस्कले अति-दक्षिणपन्थी विचारको समर्थन गर्नुलाई यसको मुख्य कारण मानिएको छ । उनको सोही विचारलाई लिएर केही उदारवादी र मध्यमार्गी ग्राहकहरूले टेस्लाका गाडीहरू किन्न छोडेको न्युयोर्क टाइम्सले लेखेको छ ।

टेस्ला आफ्नो शेयर मूल्यको आधारमा विश्वको सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । यसले अमेरिकामा सबैभन्दा धेरै ईभी बिक्री गर्दै आएको छ । तर डिसेम्बरको मध्यदेखि यसको शेयर मूल्य लगभग आधाले घटेको छ । किनभने लगानीकर्ताहरू कम्पनीको भविष्यप्रति निराश छन् र ट्रम्प प्रशासनमा मस्कको भूमिकालाई लिएर चिन्तित छन् । केही लगानीकर्ता र विश्लेषकहरूले हालै मस्कलाई टेस्लाको व्यवस्थापनमा बढी समय दिन र ट्रम्प प्रशासनसँगको काम सीमित वा समाप्त गर्न आग्रह गरेका थिए ।

ट्रम्प प्रशासनमा कम समय दिएपनि मस्कको ध्यान विभाजित नै रहनेछ । किनभने उनी स्पेसएक्स, सामाजिक सञ्जाल एक्स, एक्सएआई नामक आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी र अन्य कम्पनीहरू पनि चलाउँछन् ।

मस्कको कम्पनीले यस दशकको अन्त्यसम्ममा वार्षिक दुई करोड गाडी बेच्ने आशा राखेको थियो । जुन टोयोटाको भन्दा दोब्बर हो । तर २०२३ मा १८ लाख पुगेको टेस्ला कारको बिक्री घटिरहेको छ । गत वर्ष कम्पनीले १७ लाख गाडी बेचेको थियो र सन् २०२५ को पहिलो त्रैमासमा यसको विश्वव्यापी बिक्री अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ ।

टेस्लाले साइबरट्रकको विकासमा कम्पनीको धेरै स्रोत साधन खर्च गरेको थियो । तर त्यो अहिले फ्लप भएको जस्तो देखिन्छ । अनुसन्धान फर्म कक्स अटोमोटिभका अनुसार पहिलो त्रैमासमा साइबरट्रकको बिक्री अघिल्लो वर्षको अन्तिम तीन महिनाको तुलनामा लगभग ५० प्रतिशतले घटेको छ ।

टेस्लाले स्टकमा रहेका साइबरट्रकहरूमा आठ हजार ५०० डलरसम्मको छुट अफर दिइरहेको छ । सङ्घीय र राज्य स्तरका प्रोत्साहन नजोड्ने हो भने ट्रकको सुरुवाती मूल्य ७० हजार डलर छ ।

कम्पनीले जुनको अन्त्यसम्ममा कम लागतको गाडी उत्पादन सुरु गर्ने कुरा दोहोर्‍याएको छ । जसले विद्युतीय गाडीको बिक्री बढाउने अपेक्षा गरिएको छ । तर कम्पनीले अहिलेसम्म त्यसको प्रोटोटाइप समेत देखाएको छैन ।

यो नयाँ गाडी चाँडै ठुलो सङ्ख्यामा उपलब्ध हुने कुरामा समेत विश्लेषकहरूले शङ्का गरेका छन् । यो कार नयाँ डिजाइनको हुने हो वा टेस्लाको मोडेल ३ सेडान वा मोडेल वाईको साधारण भन्नेमा पनि स्पष्टता छैन ।

उता सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सीमार्फत मस्कले सङ्घीय निकायहरूको बजेट घटाएका छन् । जसका कारण हजारौँ कर्मचारीहरूको जागिर गुमेको छ । यस किसिमको भूमिकाले उनलाई विवादको केन्द्रमा धकेलेको छ । अभियन्ताहरूले विश्वभरका टेस्ला डिलर बाहिर विरोध प्रदर्शन गरेका छन् र टेस्लाका गाडीहरू तोडफोड तथा जलाउने सम्मका काम गरेका छन् ।

टेस्ला सम्भवतः अन्य कार निर्माताको तुलनामा ट्रम्पको अटो र पार्टपुर्जामा लगाउने ट्यारिफबाट कम प्रभावित हुनेछ । किनभने क्यालिफोर्निया र टेक्सासमा रहेका यसका कारखानाहरूले नै अमेरिकामा बेचिने सबै गाडीहरू बनाउँछन् । कम्पनीका साङ्घाई र बर्लिन नजिकै पनि कार कारखानाहरू छन्, जसले विश्वको अधिकांश भागमा सेवा दिन्छन् ।

यद्यपि ट्रम्प ट्यारिफले टेस्लालाई पनि घाटा हुनेछ । यसका अमेरिकी कारखानाहरूले मेक्सिको र चीनबाट आयातित पार्टपुर्जा प्रयोग गर्छन् । जसमा वृद्धि भएको ट्यारिफ लाग्नेछ । यसले गर्दा कम्पनीले मूल्य बढाउनुपर्ने वा कम नाफामा चित्त बुझाउनुपर्ने हुन्छ ।

मस्कले मङ्गलबार आफूले ट्रम्पलाई कारहरूमा शुल्क लगाउने कार्यबाट रोक्न नसकेको र परिणाम स्वरूप टेस्लालाई पनि हानि गरेको बताएका छन् । उनले भने, “म चर्को शुल्कको साटो कम शुल्कको वकालत गरिरहनेछु, तर म त्यति मात्र गर्न सक्छु ।”

विश्लेषकहरूसँगको छलफलमा मस्कले टेस्लाको भविष्य एआई प्रविधिमा रहेको बताए, जसले कम्पनीका सवारी साधनहरूलाई मानिसको हस्तक्षेप बिना चलाउन सक्षम बनाउनेछ । र “साइबरक्याब”हरूले ग्राहकहरूलाई ओसारपसार गरेर पैसा कमाउनेछन् ।

तर टेस्लाले अझै यो प्रविधिमा निपुणता हासिल गरिसकेको भने छैन । यो नयाँ व्यवसायले धेरै चिनियाँ कम्पनीहरू र गुगलको मूल कम्पनी अल्फाबेट अन्तर्गतको वाइमोबाट प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

वाइमोका स्वचालित कारहरूले फिनिक्स र सान फ्रान्सिस्कोमा धेरै वर्षदेखि सशुल्क सेवा दिइरहेका छन् र थप ठाउँहरूमा विस्तार भइरहेका छन् । गत महिना वाइमोले चार सहरहरूमा प्रत्येक हप्ता लगभग २ लाख जनाले यात्रा गरिरहेको जानकारी दिएको थियो । साथै अब वाशिंगटनमा समेत यसको सेवा विस्तारको योजना समेत घोषणा गरेको छ । यसले जापानको टोकियोमा पनि आफ्ना कारहरूको परीक्षण गरिरहेको छ ।

केही विश्लेषकहरूलाई टेस्लाका स्वचालित सवारी साधनहरूले मस्कले भनेजस्तो खर्बौँ डलर आम्दानी दिलाउन सक्नेमा शङ्का छ । १५ वर्षदेखि सशुल्क सेवा दिइरहेको र टेक्सासको अस्टिनमा वाइमोसँग काम गरिरहेको उबरले २०२४ मा १२ अर्ब डलर आम्दानी गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १८:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । धनगढी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा धनगढीलाई १–० गोलले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो ।

Ncell 2
Ncell 2

पोखराका लागि स्टफेन विलोङले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसंग खेल्नेछ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन्।

यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौं परिसरको प्रहरी टोलीले नुवाकोट प्रहरीसँगको समन्वयमा निज तामाङलाई नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी निजमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।


सामाग्री श्रोत :

श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ

काठमाडौँ । वाशिंगटन पोस्टले अब च्याटजीपीटीलाई आफ्ना लेखहरूको सारांश तयार पार्न लगाउने भएको छ । ओपनएआईले यस अघि नै २० भन्दा बढी अन्य समाचार प्रकाशकहरूसँग साझेदारी गरिसकेको छ ।

वाशिंगटन पोस्ट र ओपनएआईले रणनीतिक साझेदारीको घोषणा गरेका छन्, जसले उच्च-गुणस्तरका समाचारलाई च्याटजीपीटीमार्फत अझ सजिलै उपलब्ध गराउने बताइएको छ ।

ओपनएआईले न्युज कर्प, बिजनेस इन्साइडरको प्यारेन्ट कम्पनी द एसोसिएटेड प्रेस, एक्सेल स्प्रिङ्गर, कन्डे नास्ट, द फाइनान्सियल टाइम्स, फ्युचर र हर्स्ट लगायत कतिपय समाचार प्रकाशकहरूसँग पनि साझेदारी गरेको छ । द भर्जको प्यारेन्ट कम्पनी भोक्स मिडियाले पनि ओपनएआईसँग साझेदारी गरेको छ ।

साझेदारी अनुसार च्याटजीपीटीले सान्दर्भिक प्रश्नहरूको जवाफमा द वाशिंगटन पोस्टका सामग्रीहरूको सारांश, उद्धरण र मूल रिपोर्टिङका लिङ्कहरू देखाउनेछ । वाशिंगटन पोस्टले भनेको छ, “च्याटजीपीटीले राजनीति, विश्व मामिला, व्यापार, प्रविधि लगायतका कुराहरूमा द वाशिंगटन पोस्टको पत्रकारितालाई स्पष्ट पहिचान र पूर्ण लेखहरूको डाइरेक्ट लिङ्कसहित हाइलाइट गर्नेछ । ताकि मानिसहरूले विषयवस्तु गहिरो र विस्तृत रूपमा बुझ्न सकून् ।”

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १९:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई स्वास्थ्य उपचार गर्ने प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।

उनीहरूलाई थप २० दिन हिरासतमा राख्न म्याद थप गरिदिन भन्दै जिल्ला अदालत, काठमाडौं पुगेको प्रहरीलाई अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको हो ।

उनीहरूले हाजिरी जमानी छाडी पाउँ भन्दै निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप ३ दिन मात्र हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपको माग गर्दा प्रहरीले जाहेरी लिने र क्षतिको विवरण संकलन गर्ने काम बाँकी रहेको भनेको छ ।

अदालतले भने ‘मिश्र समेतको बयान कार्य सम्पन्न भइसकेकोमा के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकाले थप म्याद माग गर्नु परेको हो भन्ने कुरा म्याद थप पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न सकेको नदेखिएको’ भनेको छ ।

यस्तो अवस्थामा थप गरिएको ३ दिन म्यादमा बयान लिन बाँकीको बयान लिने र प्रतिवेदन अनुसारको कसुरमा संलग्नता देखिने कुन प्रमाण संकलन गर्न बाँकी हो त्यसको स्पष्ट विवरणसहित म्याद थपको माग गर्ने गरी ३ दिन म्याद दिइएको भनिएको छ ।

Ncell 2
Ncell 2

प्रसाईंले ‘आफू क्यान्सर रोगबाट ग्रसित रहेको, हरेक दिन क्यान्सर रोगको उपार भइरकेको, हरेक दिन चिकित्सकको निगरानीमा रहनुपर्ने र जीवन रक्षाका लागि चिकित्सकको निगरानीमा रहेर औषधि सेवन गर्नुपर्ने’ भन्दै हाजिरी जमानतमा छाड्न माग गरेका थिए ।

मिश्रलाई समेत यसअघि आवश्यक स्वास्थ्य जाँच र चिकित्सकको सिफारिस अनुसार उपचारको प्रबन्ध गराउने गरी आदेश भएको भन्दै अदालतले त्यसको प्रबन्ध गराउन भनेको छ ।

साथै, प्रसाईंको बयान सम्पन्न गरेर दुवैजनाको स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरेर कसुरमा संलग्नता पुष्टि गर्ने थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्नेबारे अनुसन्धान अधिकारी र सरकारी वकिल कार्यालयलाई जानकारी गराउन भन्ने आदेश भएको छ ।

shivam cement
shivam cement

प्रसाईंलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । राप्रपा नेता मिश्रलाई १५ चैतमा काठमाडौंबाटै पक्राउ गरिएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- आवासीय चिकित्सकलाई  सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा दबाब दिन नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखिएको हो। ‘देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले भने। २४ घण्टाभित्र हाम्रा माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको छ। भनिएको छ,  ‘चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ।’नेपाल चिकित्सक संघको विस्तारित कार्यसमिति र आन्दोलनरत चिकित्सकहरूको छलफल भइ विगत २८ दिनदेखि चिकित्सकहरुको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनता  देखाएकाले उक्त निर्णय गरिएको बताइएको छ। चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो। उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।पटक-पटक समाधानको पहल चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। आफ्नो आन्दोलन निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजसँग नभइ कार्यान्वयन नगराउने राज्यसँग रहेको डा कार्कीको भनाइ छ। बिज्ञप्ति 
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट