२०८२ बैशाख १० बुधबार
LATEST NEWS
२०८२ बैशाख १० बुधबार

एटीएममा गएर सुन बेच्न सकिने, ३० मिनेटमै पैसा आफ्नो बैंक खातामा !

काठमाडौँ । चीनले सुन बेच्न मिल्ने अत्याधुनिक एटीएम सञ्चालनमा ल्याएको छ । साङ्घाइस्थित एक मलमा राखिएको यो एटीएमले सुन पगाल्ने, शुद्धता र तौल जाँच गर्ने तथा मूल्यांकन गरी ३० मिनेटभित्रै रकम प्रयोगकर्ताको बैंक खातामा ट्रान्सफर गर्ने सुविधा दिन्छ । विशेषता के छ भने यो पुरै प्रक्रिया कागजी झन्झटबिनै सम्पन्न गर्न सकिन्छ ।

‘चाइना किङहूड ग्रुप’ ले सञ्चालन गर्ने उक्त एटीएमले सुनको तौल र गुणस्तर परीक्षण गरी त्यसअनुसार मूल्य निर्धारण गर्ने बताइएको छ । मनी कन्ट्रोलमा प्रकाशित समाचार अनुसार एटीएमले कम्तीमा ३ ग्राम तौल र ५० प्रतिशतभन्दा बढी शुद्धता भएको सुन मात्र स्वीकार गर्छ ।

साङ्घाइको उक्त मलमा रहेको एटीएम प्रयोग गर्न चाहने मानिसहरूको लामो लाइन लाग्ने गरेको छ । एटीएम प्रयोग गर्न अनिवार्य रूपमा अग्रिम समय बुकिङ गर्नुपर्ने व्यवस्था छ । रिपोर्टअनुसार, मे महिनासम्मका सबै समय पहिल्यै बुक भइसकेका छन् ।

हालैको एउटा प्रदर्शनमा ४० ग्राम सुनको हारको मूल्यांकन गर्दा प्रति ग्राम ७८५ युआन (करिब १४ हजार ६७७ रुपैयाँ) तोकिएको थियो । सोही आधारमा प्रयोगकर्तालाई ३० मिनेटमै ३६,००० युआन (करिब ६ लाख ७३ हजार रुपैयाँ) बराबरको रकम खातामा ट्रान्सफर गरिएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १८:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट