२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार


मोरङ। ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेकाे सरोकारवालाहरूले जोड दिएका छन्। प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको हालै सम्पन्न एचपिभी खोप कार्यक्रमको समीक्षा कार्यक्रममा उनीहरूले अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी नहुने बताए। सहभागीहरूले एचपिभी खोप कार्यक्रम विद्यालयस्तरमा सञ्चालन गरिने हुँदा अभिभावकले बालबालिकाको सहभागिताका लागि अनुमति नदिँदा समस्या हुने […]
सामाग्री श्रोत :

‘एचपिभी खोपका लागि अभिभावकमा सचेतना आवश्यक’

काठमाडौँ । ओमोडा एन्ड जेइकोले ‘फ्युचर फेसन र डेलिकेट अफ-रोड’ को अनुभव दिने ‘ओ-युनिभर्स’ अवधारणा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अप्रिल २५ का दिन विश्वव्यापी डिलर तथा मिडिया प्रतिनिधिहरूका लागि भर्चुअल माध्यममार्फत यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार, ‘ओ-युनिभर्स’ मार्फत डिलर तथा मिडिया प्रतिनिधिहरूले ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’को फरक अनुभव लिन सक्नेछन् ।

‘ओ-ल्याब’ ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो देखिनेछ भन्ने अनुभव प्रदान गर्नेछ । त्यस्तै ग्यालेक्सीको झझल्को दिने अत्याधुनिक एलईडी स्क्रिनयुक्त भित्तामा ओमोडाको नवीनतम प्रविधि प्रदर्शित गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा रोबोट, रोबोटिक कुकुर, ड्रोन र अन्तर्क्रियात्मक गतिविधिहरू समेत रहनेछन् ।

यस अवसरमा ओमोडाको पहिलो हाइब्रिड मोडेल ‘सी-सेभेन एसएचएस’ र पहिलो पूर्ण विद्युतीय गाडी ‘ई-फाइभ’को समेत प्रदर्शनी गरिने भएको छ । साथै, ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ मार्फत परम्परागत प्रविधिका सीमाहरू तोड्दै ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहितको कलात्मक अनुभव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

यस्तै, जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा हरियाली वातावरणको झल्को दिने गरी अफ-रोड ‘रक्की प्लेटफर्म’ मा जेइकोका ‘जे-फाइभ बीईभी’, ‘जे-सेभेन एसएचएस’ र ‘जे-एट एसएचएस’ मोडेल प्रदर्शन गरिनेछ । प्रदर्शनी स्थलमा जङ्गल, डाँडाकाँडा, घाँसे मैदान र चट्टान जस्ता संरचना निर्माण गरी क्याम्पिङको अनुभूति दिन व्यवस्था मिलाइनेछ ।

कम्पनीले प्रदर्शनी अवधिभर ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभको अवसर समेत दिने बताएको छ ।

नेपालमा ओमोडा र जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड हो ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ २१:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने बताएपछि विद्यालयहरूले तयारी थालेका छन्।

परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन्।

शिक्षक आन्दोलनका कारण १२ को परीक्षा निर्धारित समय वैशाख ११ बाट हुने/नहुने अन्योल थियो। तर, परीक्षा बोर्डको मंगलबार बिहानको निर्णयपछि द्विविधा हटेको छ। केही विद्यालयहरूले भोलि विद्यार्थीहरुलाई प्रवेश पत्र लिन आउन सूचना जारी गरेका छन्। झापाको कन्काई माध्यमिक विद्यालयले सूचना निकालेर नियमित र आंशिक तर्फका दुवै परीक्षार्थीलाई भोलि प्रवेश पत्र लिन बोलाएको छ।

Ncell 2
Ncell 2

‘राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाख ११ देखि सञ्चालन गर्ने परीक्षामा सामेल हुनका लागि प्रवेश पत्र बुझिलिन तोकिएको बमोजिमको समय तालिकामा विद्यालयमा उपस्थित हुनका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।

२१ दिनदेखि आन्दोलनमा रहेको शिक्षक महासंघले भने १२ को परीक्षामा सहभागी नहुने घोषणा गरिसकेको छ।

shivam cement
shivam cement

12-class-admit-card-(1)-1745311542.jpg
 

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

श्रीनगर। भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन्।

एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, ‘गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिँए र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्‍याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखेँ।’

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोत अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ।

हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताएका छन्।


सामाग्री श्रोत :

जम्मु-कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २६ पर्यटक मारिए

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात नियमन गर्न यातायात व्यवस्था विभागले नयाँ मापदण्ड तयार गर्ने भएको छ । मापदण्डको मस्यौदा तयार पार्न विभागले एक महिनाको समयावधि राखेर समिति गठन गरेको छ ।

समितिको नेतृत्व विभागका सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन तथा मापदण्ड शाखाका निर्देशक ई. श्रीकान्त यादवले गरेका छन् । टेकपानासँग कुरा गर्दै यादवले गत हप्ता समिति गठन भई काम अगाडि बढिसकेको जानकारी दिए ।

नेपालमा हालसम्म विद्युतीय सवारीसाधन भित्र्याउँदा कुनै स्पष्ट मापदण्ड छैन । आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा मात्रै सात हजारभन्दा बढी बिजुली गाडी नेपाल भित्रिएका छन् । ईभीको आयात र माग तीव्र गतिमा बढिरहेसँगै व्यवसायीहरूले मापदण्डको माग गर्दै आएका थिए ।

ई. यादवका अनुसार नेपालमा भित्रिने ईभीहरूको गुणस्तर र बिक्रीपछिको सेवा सन्तोषजनक नरहेको गुनासो बढेपछि मापदण्डको आवश्यकता महसुस गरिएको हो ।

“नेपालमा अहिले आयात हुने ईभीहरू गुणस्तरीय छैनन् भन्ने गुनासा बढी छन् । ग्राहकले पाउनेपर्ने सेवा सुविधा पनि उपलब्ध हुन सकेको छैन,” यादवले भने, “त्यसैले सवारीको गुणस्तर र बिक्रीपछि ग्राहकले पाउने सेवा दुवैलाई केन्द्रमा राखेर मापदण्डको मस्यौदा तयार गरिनेछ ।”

उनले मस्यौदाका लागि आन्तरिक अध्ययन तथा निजी क्षेत्रका सरोकारवालासँग छलफल सुरु भइसकेको बताए । यद्यपि, प्राविधिक विषय भएकाले एक महिनाको समयावधि पर्याप्त नहुने भन्दै थप समय लाग्ने संकेतसमेत यादवले दिएका छन् । “यो नितान्त प्राविधिक विषय हो । अन्य देशका नीति, हाम्रो आवश्यकतासहित प्राविधिक पक्षको गहिरो अध्ययन गर्नुपर्ने भएकाले समय लाग्न सक्छ,” उनले भने ।

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ २२:१





सामाग्री श्रोत :
टेक पाना

धनुषा–धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा उपचाररत छिन्।

सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन्। 

विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार साँझ ६ :४० बजेको समयमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए। स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो।

Ncell 2
Ncell 2

उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ।

घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ। ‘पहिले पनि दिनदिनै विवाद भइरहन्थ्यो भन्ने कुरा आएको छ। थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक यादवले भने। 

राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

shivam cement
shivam cement

घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सुदूरपश्चिम। कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा (लु) चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलाली अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।

कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए। सोमबार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो। उनले भने, ‘प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ।’

मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ। गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ। गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन्। धनगढी निवासी सुभाश चौधरीले वैशाख महिनामै यति चर्को गर्मी महसुस पहिलो पटक भएको अनुभव सुनाए।

उनले भने, ‘वैशाख महिनामै यति चर्को गर्मी छ, जेठ महिनाको गर्मीले तराईमा बस्न सकिँदैन जस्तो छ, जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको हुनसक्छ।’


सामाग्री श्रोत :

धनगढीमा यो वर्षकै सबैभन्दा बढी तापक्रम

काठमाडौँ । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाइ पाँच लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम अघि सारेको छ । महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र गण्डकी विश्वविद्यालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रका शाखा प्रमुख नवराज अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को युवासँग महानगर उद्यमशीलता विकास तथा स्टार्टअप साझेदारी कार्यक्रम अन्तर्गत रोजगारमुखी सीप विकास तालिम र कर्जा सुविधा प्रदान गरिनेछ ।

उनका अनुसार गण्डकी विश्वविद्यालयले युवालाई लक्षित गर्दै ६ महिनाको आईटी विशेष तालिम सञ्चालन गर्न पाठ्यक्रम तयार गरिसकेको छ । तालिम अवधिभर आईटी कम्पनीलाई आवश्यक पर्ने सीप र दक्षता प्रदान गरिनेछ । रोजगारीको व्यवस्था मिलाउन विश्वविद्यालयले विभिन्न आईटी कम्पनीहरूसँग सहकार्यसमेत गरिसकेको अधिकारीले जानकारी दिए ।

उनले भने, “आईटी पढ्न चाहँदा आर्थिक समस्याका कारण रोकिएका युवाहरूलाई यो कार्यक्रमले ठूलो सहयोग पुग्नेछ ।”

कार्यक्रमका लागि प्रारम्भमा २० जनाको कोटा तोकिएको छ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र कम्तीमा १२ क्रेडिट आवरको आईटीसम्बन्धी कोर्स पूरा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन प्राप्तिपछि लिखित परीक्षा र अन्तर्वार्तामार्फत उत्कृष्टलाई छनोट गरिने बताइएको छ ।

विश्वविद्यालयले मंगलबार सूचना प्रकाशन गर्दै १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । इच्छुकले विश्वविद्यालय वा पोखरा महानगरमार्फत आवेदन दिन सक्नेछन् । कोर्समा सहभागी हुन यहाँबाट पनि आवेदन फारम भर्न सकिन्छ । 

छनोट प्रक्रिया सञ्चालन गर्दा महानगरभित्रका स्थानीय बासिन्दालाई प्राथमिकता दिइने र त्यसपछि पोखराका विभिन्न आईटी कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई अवसर दिइने अधिकारीले बताए ।

यस कार्यक्रमअन्तर्गत विद्यार्थीले बढीमा ५ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । सो ऋण विश्वविद्यालयको शुल्क, कम्प्युटर, ल्यापटप किन्ने तथा रोजगारी खोज्न खर्च गर्न सकिनेछ । कर्जा लिन कुनैपनि ग्यारेन्टी वा धितो राख्नुपर्ने छैन ।

महानगरले विद्यार्थीलाई प्रदान गरिने कर्जाको एक चौथाइ रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा राख्नेछ भने बाँकीको ग्यारेन्टी कोषले लिनेछ । अधिकारीका अनुसार बैंकको ब्याजदर बैंक अनुसार फरक भए पनि न्यूनतम दरमै कर्जा दिइनेछ । पाँच वर्षभित्र विद्यार्थीले किस्ताबन्दीमा कर्जा तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सूचना पढ्नुहोस्:

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ २१:२८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं— सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक लगायत शिक्षकलाई काठमाडौं आउन अपिल गरेको छ । 

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै परीक्षा बहिष्कार गर्दै काठमाडौंमा जारी सडक आन्दोलनमा सहभागी हुन ताकेता गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट सञ्चालन हुने परीक्षामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रहसमेत गरिएको छ ।

Ncell 2
Ncell 2

राष्ट्रिय परीक्षा बोर्डले प्रमुख जिल्ला अधिकारीमार्फत निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने जनाउँदै आएको छ । ‘बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको कुरामा ध्यानार्कषण भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा आग्रह गर्दछौं ।’

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग गठन गरिएको छ। प्रतिष्ठानको १५९ औं बैठकले उक्त निर्णय गरेको हो। विभाग गठनसँगै उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी सह प्रा.डा. प्रज्वल श्रेष्ठलाई तोकिएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट