२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

एमालेले आज ‘नेकपा’ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो  स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको हो ।

Ncell 2
Ncell 2

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेले जनाएको छ । 

shivam cement
shivam cement

सम्मान हुनेमा लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने मरणोपरान्त, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ, हरिचरण शिवाकोटी झापा छन् । 

त्यस्तै, कार्यक्रममा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक हुने बताइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट