२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

‘पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा सहजता प्रदान गरेको छ’

सुरेश भट्ट आश्रिन

दोहा। नेपाली दूतावास दोहा कतारका प्रथम सचिव कृशु क्षेत्रीले पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा निकै सहजता प्रदान गरेको बताएका छन्। उनले श्रमिकहरुको सेवा प्रदानमा कुनै कन्जुस्याइँ नगरी कर्मचारीहरुले पासपोर्ट नविकरण र वितरणमा काम गरेको बताएका हुन्।

‘दैनिकजसो आउने गुनासाहरु र दूतावास परिसरमा सयौंको संख्यामा हुने भिडभाड तुलनात्मक रूपमा निकै कम भएको छ’, उनले भने। ‘पासपोर्ट नविकरण गर्न आउने , नयाँ पासपोर्ट लिन आउने र श्रमिकका समस्याहरु लिएर आउनेहरुका कारण सामान्य भिडभाड देखिनु स्वाभाविक हो। दूतावासबाट प्रदान हुने सेवा सुविधामा ढिलाई भएर समयमा काम नभएर होइन।’

क्षेत्री एक दिनमा झण्डै २५० देखि ३०० जना सम्मको पासपोर्ट नविकरणको काम गरेको बताए। टोकन लिएर आफ्नो पालोमा आउनेहरुको काम हुने तर मलाई हतार छ ,भन्दै समय घर्केपछि आउने र आफूलाई प्राथमिकतामा राखिदिन अन्डर टेबल काम गराउन खोज्नेहरुका कारण दूतावासको काममा बाधा पुग्ने गरेको सचिव भोजराज भुसाल बताउँछन्।

नेपाली दूतावास कतारमा बीस वर्षदेखि सेवारत कर्मचारी दिल सुनारले कार्यलय बन्द गर्ने समयमा आउने, दूतावासले काम गरेन भन्दै अफवाह फैलाउने गिरोहहरुका कारणले गर्दा दूतावासको छविमा आँच आएको बताए। उनले समाजका अगुवाइ गर्नेहरुले विहान नौ बजेदेखि मध्याह्न दुई बजेसम्म आउँदा सेवा लिन सकिने र पासपोर्ट लिन चार बजेभित्र आउनुपर्ने कुराको प्रचारप्रसार नगरिदिँदा धेरैले दुख पाएको बताए।


सामाग्री श्रोत :

‘पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा सहजता प्रदान गरेको छ’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट