२०८२ मंसिर ८ आईतवार
LATEST NEWS
२०८२ मंसिर ८ आईतवार

सेयर बजारमा आज पनि गिरावट

काठमाडौं– सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ।

अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ। सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ। कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन।

बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो।

Ncell 2
Ncell 2

११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो। व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो। बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटे।

विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढे।

shivam cement
shivam cement

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य केही दिनदेखि १० प्रतिशत बढिरहेको छ। आज पनि त्यो क्रम जारी रह्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, युनिभर्सल पावरको ९.८०, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत बढ्यो।

एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत घट्यो। विन नेपाल लघुवित्तको ४.०२ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट