२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

जम्मा १५ हजार ९९९ रुपैयाँमै १२० हर्ज रिफ्रेश रेट र ६००० एमएएच ब्याट्री भएको आकर्षक फोन

काठमाडौं । जेडटीई ब्रान्डको नयाँ स्मार्टफोन नुबिया नेपाली बजारमा सार्वजनिक भएको छ । जेडटीईको आधिकारिक वितरक शंकरले ग्रुप नुबिया सिरिजको स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो । 

यस सिरिज अन्तर्गत दुई स्मार्टफोन नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन सार्वजनिक भएका छन् । नुबिया भी ७० म्याक्समा ६.९ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको डिस्प्ले दिइएको छ । ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरा भएको यो फोनमा सेल्फीको लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । एन्ड्रोइड १५ मा आधारित यो फोनमा युनिसक टी७२०० चिपसेट राखिएको छ । 

फोनमा ६ जीबी र्‍याम रहेको छ भने १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ । फोनको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

यस्तै नुबिया भी ७० डिजाइनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले दिइएको छ । यसमा ५० मेगापिक्सेलको मेन क्यामेरा र सेल्फीको लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । एन्ड्रोइड भर्सन १४ मा आएको यो फोन युनिसक टी ६०६ चिपसेटबाट सञ्चालित छ । 

यसमा भने ५ हजार एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । स्टोरेज तर्फको कुरा गर्ने हो भने ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल मेमोरी यसमा छ । जसको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ । यद्यपि तपाईँले २५६ जीबी स्टोरेज भेरियन्टमा पनि यो फोन किन्न पाउनु हुन्छ । तर त्यसका लागि भने तपाईँले थप दुई हजार अर्थात् १८ हजार ९९९ रुपैयाँ हाल्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट