२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

रियलमीको स्मार्टफोन सी ७५ खरिदमा ७ दिनसम्म अनलिमिटेड डेटासँगै ५० मिनेट टकटाइम निःशुल्क

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले एनसेलसँगको सहकार्यमा ‘न्यु इयर, न्यु मी विद एनसेल एन्ड रियलमी’ नामक योजना सार्वजनिक गरेको छ । प्रविधि र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित नयाँ वर्षको अवसर पारेर यो अफर ल्याइएको हो ।

योजनाअन्तर्गत रियलमी सी ७५ स्मार्टफोन खरिदमा एनसेलको ७ दिनको अनलिमिटेड डेटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क पाउन सकिनेछ । फोरजी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हुने बताइएको छ ।

नयाँ रियलमी सी ७५ दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसमध्ये ८ जीबी ¥याम तथा १२८ जीबी स्टोरेजको मूल्य २६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टका लागि २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोनमा ६,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएकोले दिनभर आरामसँग चलाउन सकिन्छ । साथै, आईपी ६९ धुलो तथा पानी प्रतिरोधी भएको यो फोनले झट्का समेत सहन गर्न सक्ने बताइएको छ ।

वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको उक्त फोनमा उपलब्ध यो अफर सीमित अवधिका लागि देशभरका रियलमीका आधिकारिक स्टोरमार्फत पाउन सकिने छ । यदि तपाईँ नयाँ वर्षको अवसर पारेर नयाँ फोन लिने सोचमा हुनुहुन्छ भने मजबुत, टिकाउ र कनेक्टिभिटी सहितको यो विकल्प उपयुक्त हुनसक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट