२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

टिकटकमा पेस्तोल देखाएर तर्साएको आरोपमा २१ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरी समाजमा डर त्रास फैलाएको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा  कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा-६ महादेव बस्ने २१ वर्षीय रघुबन्द यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार यादवले आफ्नो टिकटक अकाउन्टमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरेको भिडिओ पोस्ट गरेका थिए । त्यस्तो भिडिओ राखी समाजमा डर त्रास फैलाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुबाट विशेष टोली खटिएको थियो । 

उक्त टोलीले आरोपित यादवलाई शनिबार बेलुका ६ बजे मायादेवी गाउँपालिका वडा नं. १, पकडीमा रहेको मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो । डीएसपी अधिकारीका अनुसार आरोपित यावदलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जिप्रका कपिलवस्तु ल्याइएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १७:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट