२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मलेखु (धादिङ) । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो।

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए।

मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए।


सामाग्री श्रोत :

कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट