
काठमाडौँ – सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको दुईवटा अस्पतालको रोक्का खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।
गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँ प्रहार भएपछि उनकोको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरेकोमा सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो।
आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरहरुमा आगजनी र तोडफोड तथा सरकारी भएको थियो। यस्तै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो।
तीनकुने घटनापछि फरार प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो। खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट डा अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।
डा.कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा खाता रोक्का गर्ने विपक्षीका नाममा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
आन्दोलनका क्रममा एक पत्रकार र एक सर्वसाधरण गरेर २ जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरमा आगजनी र तोडफोड भएको थियो। यस्तै नेकपा (एकीकृत समाजवादी)को कार्यालय तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन्।
साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार विसं २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो। अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साह विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए। पछि विसं २०७९ को निर्वाचनमा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । एक व्यक्तिले आफ्नो चोरी भएको आईफोनको डेटा रिकभर गर्न सहयोग नगरेको भन्दै एप्पल कम्पनीविरुद्ध ५० लाख अमेरिकी डलर (करिब ६८ करोड रुपैयाँ) क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका छन् । अमेरिकाको मिन्नेसोटाका माइकल म्याथ्युज नामक ती व्यक्तिले आफ्नो आईफोन एरिजोनाको स्कट्सडेलमा चोरी भएपछि ठुलो समस्यामा परेको बताएका छन् ।
उनको फोनमा करिब २ टेराबाइट बराबरको महत्त्वपूर्ण डेटा रहेको थियो, जसमा पारिवारिक फोटोहरू, सङ्गीत, कर विवरण र कामसँग सम्बन्धित अनुसन्धान समेत समावेश थिए । ती व्यक्तिले उक्त डेटा आफ्नो सम्पूर्ण डिजिटल जीवन रहेको बताएका छन् । फोन हराएपछि आफ्नो प्राविधिक परामर्श फर्म नै बन्द गर्नुपरेको दाबी उनले गरेका छन् ।
म्याथ्युजले एप्पललाई उक्त आईफोन आफ्नो भएको प्रमाण देखाउँदा पनि कम्पनीले डेटा रिकभर गर्न कुनै सहयोग नगरेको आरोप लगाएका छन् । विशेषगरी, एड्भान्स डेटा प्रोटेक्सन (ADP) मा रहेको रिकभरी की (Recovery Key) रिसेट गर्न एप्पलले अस्वीकार गरेको उनको भनाइ छ । यो रिकभरी की २५ अङ्कको हुन्छ, जुन अकाउन्टको पासवर्ड रिसेट गर्न र अकाउन्ट रिकभर गर्न प्रयोग गरिन्छ । एप्पलले प्रयोगकर्ताहरूलाई यो की सुरक्षित राख्न सुझाव दिने गरेको छ ।
समस्या तब आयो, जब चोरले सम्भवतः उनको फोनको पासकोड थाहा पाएर एप्पल आईडीको पासवर्ड परिवर्तन गरिदियो । यति मात्र नभई, चोरलाई पासोड थाहा भएको खण्डमा उसले एडीपी एक्टिभ गरेर नयाँ रिकभरी की बनाउन वा भएको की परिवर्तन गर्न सक्ने सम्भावना पनि रहन्छ ।
यस्तो अवस्थामा अकाउन्ट रिकभर गर्न असम्भव हुन्छ । एड्भान्स्ड डेटा प्रोटेक्सन नभएको अवस्थामा एप्पलले इन्क्रिप्टेड डेटा रिकभर गर्न सक्ने दाबी मुद्दामा गरिएको छ । किनकि एप्पलसँग प्रयोगकर्ताको डिभाइस र आईक्लाउड बीचको इन्क्रिप्सन कीको कपी हुन्छ । तर एडीपी एक्टिभ भएपछि रिकभरी की बिना डेटा रिकभर गर्न सकिँदैन ।
म्याथ्युजका वकिल के जोन ब्रेयरले एप्पलले आफूसँग भएको डेटा दिन अस्वीकार गर्नु ‘अक्षम्य’ भएको बताएका छन् । म्याथ्युजले एप्पलसँग आफ्नो डेटामा पहुँच दिनुका साथै कम्तीमा ५० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।
यस विषयमा एप्पलले कुनै प्रतिक्रिया नदिए पनि, एक रिपोर्टमा कम्पनीले अपराधको शिकार भएकाहरूप्रति सहानुभूति व्यक्त गरेको र प्रयोगकर्तामाथि हुने सबै आक्रमणहरूलाई गम्भीरतापूर्वक लिने बताएको छ । यो मुद्दा अहिले अनुसन्धानको चरणमा प्रवेश गरेको छ, जसमा ६ देखि ८ महिनासम्म लाग्न सक्ने एप्पल इन्साइडरले उल्लेख गरेको छ । यस मुद्दाले चोरी भएका उपकरणहरूको डेटा ह्यान्डल गर्ने एप्पलको तरिकामाथि प्रश्न उठाएको छ । यदि मुद्दाले गति लियो भने, एप्पलले आफ्ना ग्राहकहरूलाई यस्तो अवस्थामा सहयोग गर्ने नीतिमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ ।
यद्यपि, प्रयोगकर्ताहरूले आफ्नो डेटाको नियमित ब्याकअप लिने कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ । एप्पलले हराएको वा चोरी भएको फोन लक गर्न “Find My” जस्ता सुरक्षा सुविधाहरू प्रदान गरे पनि, यदि चोर जानकार छ भने यी सुरक्षालाई सजिलै बाइपास गर्न सक्छ । कतिपय अवस्थामा चोरले रिकभरी ईमेलहरू परिवर्तन गर्न र पासवर्ड रिसेट गर्न सक्छ, जसले गर्दा वास्तविक प्रयोगकर्ता आफ्नै अकाउन्टबाट बाहिरिन बाध्य हुन्छ ।
यदि प्रयोगकर्ताले आफ्नो डेटा आईक्लाउडमा ब्याकअप गरेको छैन भने, अवस्था अझ गम्भीर हुन सक्छ । र एप्पलले गोपनीयताको कारण देखाउँदै हराएको डेटा फिर्ता गर्दैन ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १९:५६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाल ल क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् ।
विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जोमसोम- मुस्ताङ प्रादेशिक अस्पतालका चिकित्सकको टोलीले गम्भीर अवस्थामा अस्पताल पुर्याइएका आमा र शिशुको ज्यान जोगाउन सफल भएका छन्। जिल्लाको लोमाङथाङबाट १९ घण्टा लामो जोखिमपूर्ण यात्रा गर्दै साँझ ६ बजे अस्पतालमा आइपुगेका आमा र शिशुको रातभरी उपचार सेवा दिएर ज्यान जोगाउन सफल भएका हुन्। ‘ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,’ अस्पतालका डा विशाल सापकोटाले भने।हाइपोभोलिमिक शकमा अर्धचेत अवस्थामा ती महिला अस्पताल आइपुगेकी थिइन्। जाँच गर्दा गर्भाशयमा चिप्किएको साल र गर्भाशयको मुखमा चिरा पाइएको थियो। डा सापकोटाको नेतृत्वमा डा. समिक्षा कँडेल, डा. विसर्जन नेपाली, डा. अशोक चपाई, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, संगिता थापा तथा स्वास्थ्य सहायक कुशल नेपाली सम्मिलित टोलीले तुरुन्तै उपचार सुरु गरेका थिए। तत्काल हातले साल निकाल्ने प्रक्रिया सुरु गरिएको थियो। ‘स्लाइड र स्वाइप’ म्यानुभर अपनाउँदै सावधानीपूर्वक गर्भाशयबाट साल निकालिएको डा सापकोटा बताउँछन्। ‘त्यसपछि गर्भाशयको चिरा सिउने कार्य पनि सफलतापूर्वक सम्पन्न गरियो। सम्पूर्ण प्रक्रिया रातको ९ बजेसम्म सम्पन्न गरिएको थियो। प्रारम्भिक रक्त परीक्षणमा रगतको मात्रा मात्र ५ जीएम/डीएल देखिएपछि तुरुन्तै २ पोका ए पोजिटिभ रगतको आवश्यकता भयो,’ उनले भने। राति १२ बजे रक्तदान सुरु भई ३ बजेसम्म रगत चढाइएको उनले बताए। हालको अवस्था स्थिर अवस्थामा रहेको उनले बताएका छन्। त्यस्तै बच्चाको पनि याकको रौँबाट बनाइएको धागो र घरेलु चक्कुको प्रयोग गरी नवजात शिशुको गर्भनाल काटिएको पाइएको थियो। जुन चिकित्सकीय दृष्टिले जोखिमपूर्ण भएपनि तत्कालका लागि विकल्पहीन उपाय अपनाइएको थियो। आमाले स्तनपान गराउन नसकेपछि स्थानीय महिलाहरूले तताएको घिउ खुवाएएर शिशुलाई अलमल्याएका थिए। भोलिपल्ट अस्पताल आउने क्रममा पनि ओटको पिठोमा घिउ मिसाएर खुवाइएको थियो। ‘त्यसपछि आश्चर्यजनक रूपमा शिशुमा न त डिहाइड्रेशन (शरीरमा पानीको कमी) देखियो, न त हाइपोग्लाइसेमिया (रगतमा चिनीको अत्यधिक कमी), जुन यस्तो अवस्थामा असामान्य मानिन्छ,’ उनले भने। त्यसपछि चिकित्सकले गरेको उपचारका कारण नवजात शिशु र आमा दुवैको अवस्था सामान्य रहेको छ। डा. सापकोटा भन्छन्, ‘रातको अत्यन्त संवेदनशील समयमा सही निर्णय र समन्वयले दुईवटा जीवन बचाउन सक्यौं। त्यो रात हामी कहिल्यै बिर्सन सक्दैनौं।’साल ननिस्किने समस्या ग्रामीण क्षेत्रमा आमाको मृत्युको प्रमुख कारण हो। हातले साल निकाल्ने प्रक्रिया अत्यन्त संवेदनशील प्रक्रिया हो, जसका लागि दक्ष चिकित्सकको आवश्यक पर्छ। रक्त परीक्षण, क्रस म्याचिङ तथा आपतकालीन रक्तदानमा ल्याब टेक्निसियन अनिता थापाले गरिन्। रक्तदाता पनि अस्पताल फार्मेसी सहायक दीपक कुमार खत्री र अस्पताल नेत्र सहायक विज्ञान श्रेष्ठ रहेका छन्। उनीहरुको योगदानका लागि सापकोटा धन्यवाद दिन्छन्।‘तत्काल रगत दिने व्यक्ति सधैं उपलब्ध हुँदैन,’ डा. सापकोटा भन्छन्, ‘मुस्ताङमा दीर्घकालीन समाधानका लागि ब्लड बैंकको आवश्यकता छ।’हाल जोमसोम अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया सेवा पनि उपलब्ध छन्। तर भवन निर्माण अधुरो, जनशक्ति र पूर्वाधारको अभाव जस्ता चुनौतीबीच अस्पतालले सेवा दिइरहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्।
सोमबार भएको निर्वाचनमा विपक्षी नेविसङ्घका मोहम्मद प्रवेजलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन्। समिरले ८७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रवेजले ७५७ मत पाए।
त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघकै विधिशा मिश्रा ८६४ मतसहित विजयी भएकी छन्।
सामाग्री श्रोत :
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी
काठमाडौँ । नागरिक एपबाटै ट्राफिक प्रहरीको सचेतना कक्षा लिन मिल्ने अर्को सातादेखि सुरु हुने भएको छ । यो सुविधा १९ वैशाखमा परेको राष्ट्रिय सूचना प्रविधि दिवस पारेर सञ्चालनमा आउने जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय निकट स्रोतले जानकारी दिएको हो ।
यसका लागि आवश्यक प्राविधिक परीक्षण समेत सम्पन्न भइसकेको नागरिक एपका एक अधिकारीले बताए । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा तयार भएको यो सिस्टम एआईमा आधारित रहेको छ । नागरिक एपमा अनलाइन कक्षा लाइभ गर्न सकिने गरी अपडेट पठाइ सकिएको र उद्घाटन हुने बित्तिकै लाइभ हुने बताइएको छ ।
सेवा सुरु भए पश्चात् नागरिक एपका साथै ज्ञान बजारको र नेपाल प्रहरीको एपबाट समेत सो कक्षा लिन सकिनेछ । सम्बन्धित व्यक्तिको भेरिफिकेसनको काम नागरिक एपले गर्नेछ । जसका लागि व्यक्तिको नाम र मोबाइल नम्बर नागरिक एपबाट भेरिफाई हुने व्यवस्था मिलाइएको छ । ट्राफिक नियम उलङ्घन तथा चिट नम्बर भने नेपाल प्रहरीको सिस्टमबाट लिइनेछ ।
यो सफ्टवेयर सिस्टममा रहेको एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बढी समय अनलाइन कक्षामा नदेखिए आफैँ यकिन गर्न सक्छ । साथै असम्बन्धित व्यक्ति बसेको कुरा समेत यसबाट पहिचान हुने बताइएको छ । ट्राफिक चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र साथमा नभए पनि नागरिक एपमा रहेको लाइसेन्स देखाए पुग्ने व्यवस्था यस अघि नै कार्यान्वयनमा आइसकेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ २०:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने बताइएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – चिकित्सा शिक्षा आयोगले गठन गरेको शुल्क परिमार्जन तथा एमबीबीएस/बीडीएसको सिट निर्धारणका लागि अध्ययन गर्न बनाइएको कार्यदलको बैठक दोस्रो दिन पनि विषय प्रवेश नै नगरी उठेको छ। करिब दुई घन्टा चलेको बैठकको सुरुमै १६ औं बैठकको निर्णय कार्यान्वयन नभइ अघि बढ्न नसकिने कुरा उठेको थियो। निजी मेडिकल कलेजका तर्फबाट सहभागी एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्की र कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले एकैपल्ट टुंग्याउनुपर्ने बताएका थिए। त्यसपछि नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिलविक्रम कार्की र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावलले त्यस्तो अवस्थामा विषय प्रवेश गर्न नसकिने बताएका थिए। चिकित्सा शिक्षा आयोगको १६ औं आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय भएको थियो। उक्त निर्णय निजी मेडिकल कलेजले कार्यान्वयन नगर्दा आवासीय चिकित्सक आन्दोलनमा छन्। कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले सम्बोधन गरेका छैनन्। उक्त निर्णय नयाँ भर्ना गरेपछि लागु हुने बताउँदै पहिले नै भर्ना भएका विद्यार्थीलाई उक्त निर्वाह भत्ता नदिने अडान उनीहरुले कार्यदलको बैठकमा समेत दोहोर्याएका छन्। कार्यदलका ११ जना नै सहभागी हुँदा विषय प्रवेश हुने छाँट नदेखिएपछि तीन सदस्यीय टोली बनाएर काम गरेर अन्तिममा सबैले छलफल गर्ने विकल्प अघि सारिएको थियो। जसको चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले विरोध गरेका थिए। त्यसपछि उक्त विकल्पले समेत मूर्त रुप पाएन। कार्यदललाई दिइएको कार्यादेशमा प्रवेश गर्ने विषयमा समेत सहमति नजुटेपछि अर्को बैठकको मिति समेत तय हुन सकेन। शिक्षा सचिव डा दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ कार्यदलमा स्वास्थ्य सचिव डा विकास देवकोटा, डा रमेशकान्त अधिकारी, मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा भगवान कोइराला, आइओएमको पूर्वडीन डा दिव्या सिंह शाह, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की, मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावल आइओएमका डिन डा मोहनराज शर्मा र केयू स्कुल अफ मेडिसिनका डीन डा मनोज हुमागाईं सदस्य छन्। शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव रहन्छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मंगलबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए।
त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको उनले बताए।
सम्मान हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन्।
कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ।
सामाग्री श्रोत :