काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘वाई २९’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कमलादीस्थित स्काइवाक टावरमा आयोजना गरिएको एक समारोहबिच कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो ।

कम्पनीले ६५०० एमएएच क्षमताको ब्याट्रीलाई फोनको प्रमुख विशेषताको रूपमा प्रस्तुत गरेको छ । यसका लागि ४४ वाट फ्ल्यास चार्ज तथा ४८०० एमएएच रिभर्स चार्जिङ फिचर दिइएको छ । साथै इमरजेन्सी पावर सेभिङ मोड र पाँच वर्ष ब्याट्री ग्यारेन्टीले पनि ग्राहकलाई थप भरोसा दिलाउने कम्पनीको दाबी छ ।
फोनको डिजाइनमा समेत थ्रीडी कर्भ्ड ब्याकप्लेट, मेटालिक हाई ग्लस फ्रेम र डाइनामिक लाइटसहितको क्यामेरा मोड्युल राखिएको छ ।
नोबल ब्राउन र एलिगन्ट ह्वाइट कल अप्सनमा उपलब्ध फोनमा शट अल्फा ग्लास प्रयोग गरिएको छ, जसले ड्रप, डस्ट र स्प्ल्यास प्रुफ बनाउने कम्पनीको भनाइ छ ।

पर्फर्फेन्सतर्फ, फोनमा ८+८ जीबी विस्तारित र्याम र २५६ जीबी स्टोरेज रहेको छ । १२० हर्ज रिफ्रेस रेट, १००० निट्स ब्राइटनेस, डुअल स्टेरियो स्पिकर र ४००% अडिओ बुस्ट फिचरले मल्टिमिडिया अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।
फोटोग्राफीप्रेमीका लागि ५० मेगापिक्सेल एचडी मुख्य क्यामेरा राखिएको छ । साथै, एआई-इरेज, एआई-फोटो इनह्यान्समेन्ट, एआई-सुपर लिंक, सर्कल टु सर्च, स्क्रिन ट्रान्सलेसन जस्ता सुविधा पनि यसमा उपलब्ध छन् ।
नेपालभरका रिटेल स्टोर र दराज अनलाइनमा भिभो वाई २९ उपलब्ध भइसकेको छ । यसको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:३
सामाग्री श्रोत :
टेक पाना