२०८२ बैशाख २२ सोमबार
LATEST NEWS
२०८२ बैशाख २२ सोमबार

प्रहरी जवानको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं–प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन्।

Ncell 2
Ncell 2

पक्राउ पर्नेमा दोलखा, जिरी नपा- ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा- ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा- ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा- ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा- २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन्।

shivam cement
shivam cement

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा प्रकाशित विज्ञापनअनुसार सञ्चालित उक्त परीक्षा उनीहरू सामेल थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?