२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

अब कार्ड नछोइकनै भुक्तानी, आईएमएस सफ्टवेयरले ल्यायो स्वचालित पोस प्रणाली

काठमाडौँ । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयरले स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनमा ल्याएको छ । कम्पनीले हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा प्वाइन्ट अफ सेल (पीओएस) मसिनमा उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।

स्वचालित प्रविधि लागु भएपछि अब ग्राहकले काउन्टरका व्यक्तिसँग रकम जानकारी लिँदै कार्ड सटही नगरी भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार यसअघि काउन्टरमा रहेका व्यक्तिले म्यानुअल्ली भुक्तानी रकम राख्नुपर्नेमा अब स्वचालित रूपमा पीओएसमा भुक्तानी रकम र क्यूआर कोड देखिनेछ ।

ग्राहकले कार्ड राखेर वा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएकाले म्यानुअल रूपमा रकम राख्दा हुने त्रुटि हट्ने उनको भनाइ छ । साथै सेवाप्रदायकले प्राप्त भुक्तानी विवरण सफ्टवेयरमा छुट्टै भरिरहनुपर्ने झन्झट पनि अन्त्य भएको छ । भुक्तानी विवरण सफ्टवेयरमा स्वचालित रूपमा अपडेट हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

हाल उक्त प्रविधि हिमालयन बैंकको पीओएस सेवा प्रयोग गर्ने हिमालयन जाभा, त्रिशारा र भाटभटेनी सुपर स्टोरमा प्रयोगमा आएको छ । ताम्राकारका अनुसार भारतमा पहिल्यै सञ्चालनमा रहेको यो प्रविधि नेपालमा पहिलोपटक लागु गरिएको हो ।

हाललाई हिमालयन बैंकसँग एक वर्षको सम्झौता गरिएको र त्यसपछि अन्य बैंक तथा संस्थालाई पनि प्रविधि उपलब्ध गराउने तयारी रहेको ताम्राकारले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ २३:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट