२०८२ मंसिर ८ आईतवार
LATEST NEWS
२०८२ मंसिर ८ आईतवार

सहायक सेनानी पदमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। 

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदार ३४ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन ९शान्ति सेना० मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

Ncell 2
Ncell 2

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा हुनु भएका अधिकृतहरूका परिवारजनको उपस्थिति सेनाले जनाएको छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट