काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सूचना प्रविधि (आईटी) सम्बन्धी विभिन्न पदमा प्राविधिक कर्मचारी माग गरेको छ । आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै बैंकले अफिसर तथा असिस्टेन्ट तहका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकको इन्टिग्रेटेड रिस्क र सूचना प्रविधि विभाग अन्तर्गत सूचना सुरक्षा विश्लेषक (Information Security Analyst), डेटा साइन्टिस्ट (Data Scientist), डेटा इञ्जिनियर/विश्लेषक (Data Engineer/Data Analyst) र रिपोर्टिङ विश्लेषक/बीआई ड्यासबोर्ड डेभलपर (Reporting Analyst/BI Dashboard Developer) पदमा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ ।
अफिसर तहका लागि आवेदकको उमेर ४० वर्षभन्दा बढी नहुने र कम्तीमा दुई वर्ष बैंकिङ वा वित्तीय संस्थामा काम गरेको अनुभव अनिवार्य गरिएको छ । असिस्टेन्ट तहका लागि भने ३५ वर्ष उमेर सीमा तोकिएको छ र कम्तीमा एक वर्ष सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्ने उल्लेख छ ।
शैक्षिक योग्यता अनुसार सबै पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर साइन्स, सूचना प्रविधि वा सो सरह विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट career.gibl.com.np मा गएर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख १३ गते तोकिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १४:२१
सामाग्री श्रोत :
टेक पाना