२०८२ बैशाख ८ सोमबार
LATEST NEWS
२०८२ बैशाख ८ सोमबार

गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने दाबीसहित दायर भएको रिट हेर्न नभ्याइनेमा

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए। उक्त रिटको पेशी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको थियो।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। सोही सहमतिअनुरुप डा.भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन्। गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ।

गभर्नर नियुक्तिबारे संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न, नगराउन सर्वोच्चले अन्तरिम अल्पकालीन आदेश पनि जारी गरिसकेको छ।


सामाग्री श्रोत :

गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने दाबीसहित दायर भएको रिट हेर्न नभ्याइनेमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट