२०८२ मंसिर ८ आईतवार
LATEST NEWS
२०८२ मंसिर ८ आईतवार

एनएसएल :  ललितपुर पुग्यो फाइनलमा

काठमाडौं– दुई विदेशी खेलाडी केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको सानदार गोलमा साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ।

यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवार भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्दै १० खेलाडीमा सिमित रहेको ललितपुर फाइनल पुगेको हो।

खेलको १६औं मिनेटमै मणि कुमार लामाले नाटकिय रुपमा रातो कार्ड सामना गरेपछि १० खेलाडीमा समेटिएको ललितपुरले एक खेलाडी कम हुनका बावजुत पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।

ललितपुरले ८५ मिनेट भन्दा बढी समय १० खेलाडीमा रहेर खेलेको थियो।

असिस्टेन्ट रेफ्री कुसन कनैयाले रेफ्री उमेश बिडारीलाई सो फाउलको बारे जानकरी गराए। रेफ्री बिडारीले ललितपुरका मणिलाई सिधै रातो कार्ड दिए। यो निर्णय प्रति ललितपुतले आपत्ति जनाए पनि मणि मैदान बाहिरिए। मोहम्मदलाई भने पहेंलो कार्ड मात्र दिइयो।

खेलको २६ औं मिनेटमा धनगढीका विवेक पौडेलको लामो थ्रु-पासमा कृतिश रत्न छुन्जुले दुई डिफेन्डरलाई बिट गर्दै गोलकिपर जेफ्रि बाल्टोससँगको वान भर्सेस वानमा बक्स भित्रबाट हानेको प्रहार क्रसबार माथिबाट बाहिरियो।

खेलको ४१ औं मिनेटमा दिपेश राईले दिएको बलमा कृतिशको पासमा अहमद हिजाजीले बक्सभित्रबाट हानेको प्रहार आकाशियो। अर्को मौका धनगढीले गुमायो।

Ncell 2
Ncell 2

पहिलो हाफको इन्ज्युरी समयमा ललितपुरका बेल्फोर्टले बक्स बाहिरबाट हानेको आकर्षक पावरफुल प्रहार थोरैले पोष्ट नजिकैबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ५७ औं मिनेटमा १० खेलाडीमा समेटिएको ललितपुरले अग्रता बनायो। बेलफोर्टले बक्स बाहिरबाट हानेको कर्लिङ फ्री-किक प्रहार फार पोष्टमा गोल भयो। ललितपुरले १-० को अग्रता बनायो।

तर यो अग्रता तीन मिनेटपछि नै तोडियो। सर्जियो बारबोजाको कर्नरमा देवेन्द्र तामाङले हेड गरे। ललितपुरका अनन्त तामाङले बल क्लियर गर्ने क्रममा गरेको हेडर जर्ज प्रिन्सको लागि सटिक पास जस्तै बन्यो। जर्जले चेस्ट कन्ट्रोल गर्दै क्लोज रेन्जबाट गोल गरे।

६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे। उनको यो जारी लिगमा दोस्रो गोल हो।

shivam cement

shivam cement

खेलको ७३ औं मिनेटमा धनगढीले सुनौलो मौका गुमायो। लामो थ्रु-पासमा हिजाजीले ललितपुरका डिफेन्डर सनमतोष खत्रीलाई बुट गरे। गोलकिपर जेफ्री बाल्टोसलाई पनि बिट गर्दै हानेको प्रहारलाई सन्तोषले गोल लाइन नजिकैबाट बचाए।

७६ औं मिनेटमा हिजाजी फेरि चुके। गोल किपरसँगको वान भर्सेस वानमा किपर जेफ्रीले बचाइदिए। धनगढीले दुईवटा मौकालाई गोलमा परिणत गर्न नसक्दा ७९ औं मिनेटमा ललितपुरले भने गोल गर्यो।

पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए। चार डिफेन्डरले उनलाई रोक्न सकेनन्। करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो। ललितपुरले २-१ को अग्रता बनायो।

८८ औं मिनेटमा धनगढीका विवेक पौडेलले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ललितपुर २-१ को जितमा फाइनलमा स्थान बनाउन सफल रहयो।

रेफ्रीले फाइनल विसल बजाएपछि केहि समय मैदान तनावपूर्ण बन्यो। धनगढीका काइसेडोले दीपेश घलेलाई धकेले। यसपछि पापे जियाकेटे पनि गए। केहि बेर विवाद भयो। रेफ्रीले कापसेडोलाई सिधै रातो कार्ड दिए। पापेलाई पहेंलो कार्ड दिए। उनको यो दोस्रो पहेंलो कार्ड पाए। अब उनले फाइनल खेल गुमाउनेछन्।

धनगढीका वान मार्टिनेज पनि रेफ्रीको निर्णयमा आपत्ति जनाउन पुगे। उनले पनि पहेलो कार्ड पाए। रेफ्रीको टिमलाई सुरक्षा दिएर ल्याउँदै गर्दा ललितपुरका अनन्त तामाङले पनि असन्तुष्टि जनाए। उनलाई पनि पहेंलो कार्ड रेफ्रीले दिए।

एअर बल हान्ने क्रममा धनगढीका मोहमम्द अल जाउएनीले ललितपुरका मणि कुमार लामालाई खुट्टाले छातिमा हानेका थिए लडेपछि मणिको खुट्टाले मोहम्मदलाई छातीमा लागेको देखिएको थिए। रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मणिलाई सिधै रातो कार्ड देखाए। 

भोलि हुने पहिलो पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट