काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई लक्षित गर्दै आइएमई पेले यूएईको भुक्तानी सेवाप्रदायक जिंगल पेसँग साझेदारी गरेको छ ।

यस साझेदारीसँगै अब यूएईबाट नेपाल पैसा पठाउने प्रक्रिया थप सहज, छिटो र सुरक्षित हुने आइएमई पेले जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार जिंगल पे एप प्रयोग गरेर केही सेकेन्डमै यूएईबाट नेपालमा आइएमई पे वालेट वा बैंक खातामा पैसा पठाउन सकिनेछ ।
साथै ग्राहकले आकर्षक विनिमय दर पाउने र कारोबार गर्दा कुनै सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १७:३
सामाग्री श्रोत :
टेक पाना