२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

ईभी चार्जिङ स्टेसनलाई कुलमानले दिएको सुविधा हितेन्द्र देव शाक्यले रोके

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनलाई दिँदै आएको सुविधा रोक्का गरेको छ । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ईभी चार्जिङ स्टेसनलाई प्रोत्साहन दिन २०७७ सालमा विनियमावली संशोधन गरेर विशेष सुविधा व्यवस्था मिलाएका थिए ।

यसअन्तर्गत प्राधिकरणले चार्जिङ स्टेसनसम्म १ किलोमिटर दूरीसम्म निःशुल्क लाइन विस्तार गर्ने, २०० केभी क्षमतासम्मको ट्रान्सफर्मर जडान गरिदिने तथा २०० केभीभन्दा माथिको अवस्थामा हाइटेन्सन लाइन तानिदिने व्यवस्था गरेको थियो । यही सुविधाका कारण देशभर २०० भन्दा बढी स्थानमा उच्च क्षमताका ईभी चार्जिङ स्टेसन निर्माण भएका थिए ।

प्राधिकरणले निजी आवास, कार्यालयहरू, फर्म, कम्पनी, संस्था, सार्वजनिक स्थल लगायतमा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृति दिएको थियो । ​तर अहिले चार्जिङ स्टेसनको माग निकै बढेको र प्राधिकरणसँग ट्रान्सफर्मरको पनि अभाव रहेको कारण देखाउँदै हितेन्द्र देव शाक्य नेतृत्वको विद्युत प्राधिकरणले यो सुविधा रोक्का गरिदिएको हो ।

“हामीले प्रोत्साहनको लागि भनेर चार्जिङ स्टेसनमा सुविधा पुर्याउँदै आएका थियौँ । तर पछिल्लो समय चार्जिङ स्टेसन ठुलो व्यवसाय नै बन्यो र हामीले माग धान्न नसक्ने देखियो,” प्राधिकरणका निर्देशक एवं ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका प्रमुख नवराज ओझाले टेकपानासँग भने ।

प्राधिकरणले विनियमावली नै परिवर्तन गरेर यो सुविधा रोक्ने निर्णय नगरेको, तर अहिले आइरहेका मागलाई भने रोक्का गरिएको ओझाले सुनाए । उनका अनुसार अब प्राधिकरणको सञ्चालक समितिले थप छलफल गरेर यो सुविधाबारे नीतिगत निर्णय गर्नेछ । ‍

प्राधिकरणको पछिल्लो कदमसँगै नयाँ चार्जिङ स्टेसन निर्माणमा प्रभाव पर्ने देखिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १७:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट