२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

मकवानपुरमा ईभी माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

 

काठमाडौँ । मकवानपुरमा विद्युतीय माइक्रोबस (ईभी) दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार बिहान मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभी सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी रौतहट दुर्गा भवानीपुर गाउँपालिका-५ की ५० वर्षीया निलमदेवी राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा बिहान साढे ४ बजे मृत्यु भएको हो । यस्तै, दुर्घटनापछि हराइरहेकी सर्लाही बागमती गाउँपालिका-७ की १३ वर्षीया मानुषी मगरलाई प्रहरीले खोजी गर्ने क्रममा बिहान साढे ५ बजे दुर्घटनास्थल नजिकैको खोल्सामा मृत अवस्थामा फेला पारेको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये १० जनाको हेटौंडास्थित विभिन्न अस्पतालमा र बाँकी चार जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हेटौंडा अस्पतालमा उपचाररत घाइतेहरूमा रौतहटका ५५ वर्षीय रामप्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका-८ का ५२ वर्षीय शिवशंकर राय, उनकी ४५ वर्षीया श्रीमती रिकिदेवी राय र २७ वर्षीय मनोज राय छन् । प्रहरीका अनुसार रामप्रकाशको अवस्था मध्यम र अन्य तीन जनाको अवस्था सामान्य छ ।

त्यस्तै, मकवानपुर सहकारी अस्पतालमा उपचाररत घाइतेहरूमा सर्लाही हरिहरपुर नगरपालिका-१ का २७ वर्षीय नवराज मगर, १६ वर्षीया प्रियंका मगर, १५ वर्षीय सृजन मगर, ४० वर्षीया जमुना मगर, १९ वर्षीय सुदिप रिसाल, सर्लाही विष्णुपुर गाउँपालिका-३ का २७ वर्षीय देवराजकुमार साह, ४२ वर्षीया किसुनव्रर्ती साह, सर्लाही बागमती गाउँपालिका-७ की १६ वर्षीया युनिका दर्लामी मगर र महोत्तरी गौशाला गाउँपालिका-५ का १६ वर्षीय आदित्य छोरचंगी मगर रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय चालक कमल बहादुर दर्लामी मगरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र चालकसँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १७:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट