२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

कक्षा १२ को परीक्षा स्थगित भन्दै फैलिएको खबर झुटो, फेक लेटरप्याड बनाउनेलाई साइबर कानुन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही २०८२ साल वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना झुटो भएको स्पष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बोर्डले निर्धारित समयमै परीक्षा सञ्चालन हुने र नक्कली सूचनाबाट सतर्क रहन आग्रह गरेको हो ।

परीक्षा स्थगितसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै बोर्डले यस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान्ड हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डको वेबसाइट www.neb.gov.np बाट मात्र सार्वजनिक हुने बोर्डले जनाएको छ ।

“बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १६:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट