२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

डल्फिन मिनी भनेर चिनिने बीवाईडी सिगललाई ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड, कहिले आउला नेपाल ?

काठमाडौँ । बीवाईडी सिगल अर्थात् डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) अवार्ड पाउन सफल भएको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत बीवाईडीले सो उपाधि पाएको हो ।  

जसमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलो पटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको बताइएको छ । यससँगै विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडी पुनः एक पटक अन्तर्राष्ट्रिय बजारमा चर्चाको विषय बनेको छ । 

बीवाईडी सिगलले ओसन एस्थेटिक्स (Ocean Aesthetics) डिजाइनलाई समेटेको छ । जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ ।उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी-फ्रेन्ड्ली पर्फमेन्सले गर्दा यो मोडेल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ। 

यस पटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू यस कारको डिजाइन, अर्बन मोबिलिटी पर्फमेन्स र युनिभर्सल मार्केट अपिलबाट प्रभावित भएका थिए । बीवाईडीका कार्यकारी उपाध्यक्ष स्टेला लीले भनेकी छिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारको रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्छ।” 

पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ ।सन् २०२४ मा बीवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कार (World Urban Car) कै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वर्ल्ड कार अफ द इयर (World Car of the Year) को शीर्ष ३ मा पर्न सफल भएको थियो । यस्तो उपलब्धि अहिलेसम्म अन्य कुनै पनि चिनियाँ अटो निर्माता कम्पनीले प्राप्त गर्न सकेका छैनन् । 

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपाली सडकमा यस अघि नै बीवाईडी सिगलको परीक्षण गरिसकेको छ । कम्पनीले छिट्टै नेपालमा यसलाई आधिकारिक रूपमा सार्वजनिक गर्ने सङ्केत दिएको छ । यो मोडेल नेपाली बजारमा बहु प्रतीक्षित ईभीको रूपमा रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १४:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट