२०८२ मंसिर ८ आईतवार
LATEST NEWS
२०८२ मंसिर ८ आईतवार

देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको हो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी हुन्।

मन्त्री राणाले सधै बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन्।

यसका लागि सहि नीति बनाउनुपर्ने उनले बताइन्। आफू विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने भन्दै उनले देशमा आएपछि राष्ट्रिय माहोल विग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको उल्लेख गरिन्।

परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जना जम्मा नहुदा पनि अन्य देशका मिडियाहरूले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको धारणा राखिन्।

उनले सञ्चारमाध्यमले राम्रा कुराको नभइ नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर गरिन्। राणाले मन्त्रीको कुर्सीमा भोली जो पनि आउन सक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिइन्।


सामाग्री श्रोत :

देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको हो : परराष्ट्रमन्त्री

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट