२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता रोममा हुने

एजेन्सी–इरानका उपविदेशमन्त्री काजेम गारिबाबादीले तेहरान र वासिङ्टनबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता इटालीको राजधानी रोममा हुने बताएका छन्। 

“हामी बोलिरहेका छौँ, हामीले वार्ताको स्थान परिवर्तनका लागि अर्को पक्षबाट कुनै नयाँ अनुरोध पाएका छैनौँ र दोस्रो चरणको वार्ता कार्यक्रम रोममा हुनेछ,” गारिबावादीले बुधबार प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा भने।

उनले भन्नुभयो, “वार्ताको स्थान इरानी पक्षका लागि संवेदनशील विषय थिएन। हामीले मुख्य विषयवस्तु र काममा ध्यान दिनुपर्छ।”

Ncell 2
Ncell 2

वार्तास्थल जहाँ भएपनि ओमानले उनीहरूलाई सहजीकरण र मध्यस्थता जारी राख्ने उनले बताए। 

यसअघि, तेहरानको आणविक कार्यक्रमबारे इरानका विदेशमन्त्री सेइद अब्बास अराघचीले शनिबार ओमानको राजधानी मस्कटमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गरेका थिए। दुबै पक्षले उक्त वार्ता रचनात्मक रहेको बताएका थिए।

shivam cement
shivam cement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चको सुरुमा संयुक्त अरब इमिरेट्स (युएई) मार्फत् इरानी नेताहरूलाई इरानको आणविक कार्यक्रमबारे वार्ताको प्रस्ताव सहितको पत्र पठाएको बताउनुसभएको थियो। प्रस्तावलाई स्वीकार गर्दै इरानले ‘अप्रत्यक्ष’ वार्ताका लागि सहमति जनाएको थियो।

इरानले सन् २०१५ को जुलाईमा बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस र संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौता गरेको थियो। यस सम्झौताअन्तर्गत तेहरानले प्रतिबन्धबाट राहतको बदलामा आफ्नो आणविक गतिविधि सीमित गर्न सहमत भएको थियो।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्तर्गत सन् २०१८ को मेमा एकतर्फी रूपमा आफ्नो देशलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्नुभएको थियो र इरानमाथि पुनः प्रतिबन्धहरू लगाइएको थियो। यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको बताउँर्दै क्रमिकपमा वार्ताबाट फिर्ता भएको थियो। त्यसयता आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा खासै प्रगति भएको छैन।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट