२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध

मध्यविन्दु (नवलपरासी)। दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार भएको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए।

दाउन्ने क्षेत्रमा सयौँ सवारी जाममा परेका छन्। हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जेसिभीले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि आज दिउँसोदेखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिएको छ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो। दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ।


सामाग्री श्रोत :

हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट