२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

अनलाइन ठगीमा पर्नुभयो ? यी काम तुरुन्त गर्नुहोस्

काठमाडौँ । पछिल्लो समय अनलाइन ठगी अत्यन्त सामान्य बन्न थालेको छ । कहिले प्रयोगकर्ता सचेत नहुँदा त कहिले सेवाप्रदायकको प्रणालीमा कमजोरी आउँदा विभिन्न किसिमका अनलाइन ठगीका घटना हुने गरेका छन् । कतिपय अवस्थामा भने सुरक्षाका उपाय अपनाउँदा पनि अनलाइन ठगीको सिकार भइनसक्छ ।

‘बैंकको प्रतिनिधि’ भन्दै फोन गरेर व्यक्तिगत विवरण माग्ने, मेसेज वा डिजिटल वालेटको ओटीपी माग्ने जस्ता उपायमार्फत साइबर अपराधीहरूले बैंक तथा डिजिटल वालेटमा भएको रकम चोरी गर्ने गरेका छन् । यदि तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने तत्काल यी काम गर्नुहोस् :

बैंकलाई तुरुन्त जानकारी दिनुहोस् 

सबैभन्दा पहिले आफूले प्रयोग गरिरहेको बैंकलाई खबर गरी आफ्नो बैंक खाता रोक्का गराउनुस् । बैंकहरूले यस्ता आकस्मिक घटनाका लागि टोल-फ्री नम्बर उपलब्ध गराएका हुन्छन् । ठगी भएको थाहा पाउने बित्तिकै बैंकमा सम्पर्क गर्न जरुरी छ ।

डिभाइस अफलाइनमा राख्नुहोस् 

आफूले प्रयोग गरिरहेको मोबाइल, कम्प्युटर, ल्यापटप वा ट्याबलाई तुरुन्त इन्टरनेटबाट डिस्कनेक्ट गर्नुहोस् । यसले थप जोखिम रोक्न मद्दत गर्छ ।

ईमेल पासवर्ड परिवर्तन गर्नुहोस् 

यदि तपाईंको ईमेल आईडी बैंक खाता वा डिजिटल वालेटसँग लिङ्क गरिएको छ भने तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस् ।

प्रहरीमा जानकारी दिनुहोस्

आफू नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुहोस् । चाहनुहुन्छ भने १०० मा फोन गरेर पनि गुनासो टिपाउन सकिन्छ । साथै, साइबर ब्युरोको नम्बर ९८५१२८६७७० मा सम्पर्क गर्न सक्नुहुन्छ । पछि साइबर ब्युरो कार्यालयमा उपस्थित भई औपचारिक उजुरी दिन सकिन्छ ।

प्रमाण सुरक्षित राख्नुहोस्

प्रहरीमा उजुरी गर्न जाँदा आफ्नो सक्कल परिचयपत्र र ठगी सम्बन्धी प्रमाणहरू (मोबाइलमा आएका मेसेज, इमेल, फोन कल, कुराकानीका स्क्रिनशट, रेकर्डिङ आदि) सँगै लैजानुहोस् ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया सुरु गर्छ । समयमै सावधानी अपनाउन सकेमा ठगीबाट जोगिन सकिन्छ र समस्या परेमा पनि छिटो समाधान निकाल्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट