२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

तीनकुने घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिको निष्कर्ष

काठमाडौं– गत चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनको घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।

प्रतिनिधि सभा अन्तरगत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको उक्त प्रदर्शनमा मानव अधिकार उल्लंघनका विषयमाथि गृहमन्त्री रमेश लेखक, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी लगायतका पदाधिकारीसँगको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो ।

चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रको प्रदर्शनमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक र कीर्तिपूर नगरपालिका ४ का सविन महर्जनको मृत्यु भएको थियो भने ५० जना भन्दा बढीको संख्यामा घाइते भएका थिए ।

उक्त प्रदर्शनबाट सार्वजनिक सम्पति (सरकारी गाडी) अन्य सम्पत्तिमा आगजनी तथा तोडफोड र विभिन्न व्यक्तिका निजी सम्पत्तिमा क्षति, विभिन्न पार्टी कार्यालय, सञ्चार माध्यम लगायतमा भएको आगजनी, तोडफोड जस्ता गतिविधि भएका थिए ।

ति गतिविधिले नेपालको संविधानको प्रस्तावनामा रहेको मानव अधिकार र भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा रहेको सम्पत्तिको हक एवम् मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुर्याएको समितिले निष्कर्ष निकालेको समितिका सभापति बिमला सुबेदीले नेपाल प्रेससँग बताईन ।

Ncell 2
Ncell 2

उक्त प्रदर्शनमा भएको मानव अधिकार उल्लङ्घनको घटनाका दोषीमाथी आवश्यक छानविन गरी कानूनी कारबाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति सुवेदीले बताइन्।

उनका अनुसार उक्त तीनकुने स्थानको नजिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा नेपाल आयल निगम जस्ता संवेदनशील क्षेत्र भएकाले आगामी दिनमा उक्त क्षेत्रमा सभा, विरोध, प्रदर्शन र धर्ना आदि कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन समेत दिइसकेको छ ।

समितिले मानव अधिकारको गम्भिर उल्लङ्गन भएको भन्दै घटनाप्रति समितिले दुःख व्यक्त गरेको छ भने उक्त घटनामा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका सौ घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको थियो ।

shivam cement
shivam cement

समितिले तीनकुने क्षेत्रको प्रदर्शनमा भएको मानव अधिकार उल्लङ्घनका विषयमाथि गृहमन्त्री रमेश लेखक लगायत अन्य पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा समितिका सदस्य महेशकुमार बर्तौला, पूर्णबहादुर घर्ती, सन्तोष परियार, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर, चन्द्रबहादुर विश्वकमा, रामकुमार राई, प्रतिक्षा तिवारी, जीवन परियार, नागिना यादव, नैनकला थापा र गोमा लाभ (सापकोटा)ले आआफ्ना धारणा राखेका थिए । त्यसपछि गृहमन्त्री लेखकले घटनाको सत्य तथ्य जानकारी गराउनुका साथै समितिका सदस्यले उठान गरेका जिज्ञासाका सन्दर्भमा प्रष्ट पारेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट