२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

मुस्ताङ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल निर्माण सुरु भएको छ वर्ष बित्दासमेत सम्पन्न हुन नसकेको हो।

उक्त पुल हालसम्म करिब ५० प्रतिशतमात्र निर्माण भएको छ। कोरला सडकअन्तर्गत (जोमसोम–कोरला) ११० किमी दूरीमा पर्ने करिब एक दर्जन पुल सम्पन्न भइसक्दासमेत सुरुआती चरणमा ठेक्का लागेको उक्त पुल निर्माण सम्पन्न हुन सकेको छैन।

विसं २०७५ पुस १६ गते निर्माण कम्पनी हिमढुङ ठोक्कर इमोटल जेभी कन्स्ट्रक्सनले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो। सो सम्झौता अनुसार २०७८ साल पुस ९ गते सम्पन्न गर्नुपर्ने थियो।

आयोजनाले निर्माण कम्पनीलाई पटकपटक ताकेता गरेपनि अटेरी गर्ने गरेको जनाइएको छ। हालसम्म घमी खोला पुलको छ पटक म्याद थप भइसकेको छ। एक स्पानको ४० मिटर लम्बाइ र ड्रेन तथा फुटपाथ गरी ११ मिटर चौडा रहेको पुलको ठेक्का सम्झौता लागत रु छ करोड ८० लाख रहेको छ।

पुल निर्माणमा ढिलाइ हुँदा जोमसोम हुँदै लोमान्थाङ र कोरला नाका जाने सवारीसाधनलाई बर्खायाममा सास्ती हुने गरेको छ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पुल निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको बताए। उनले विकास निर्माणको कामलाई अवरुद्ध पार्ने निर्माण कम्पनीलाई आवश्यक कारबाही वा ठेक्का सम्झौता रद्द गरेर काम अघि बढाउनुपर्ने बताए।

‘लामो समयपछि अहिले निर्माणको काम गरेको देखिन्छ, कतिखेर फेरि अलपत्र पार्ने हुन्’, अध्यक्ष विष्टले भने, ‘सबै स्थानका पुल बनेर सवारी गुडिरहँदा घमी खोला पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य नै हो।’

निर्माण कम्पनी कार्यस्थलमा फर्किएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए। झाका अनुसार पुलको ‘फाउन्डेसन’ र ‘सबस्ट्रक्चर’को काम सम्पन्न भइसकेको छ। अब ढलानका लागि ‘सुपरस्ट्रक्चर’को काम बाँकी रहेको आयोजनाले जनाएको छ।

यसै सडकअन्तर्गत कागबेनी खोलामा निर्माणाधीन पुल ९५ प्रतिशत भौतिक प्रगति हुँदा विसं २०८० साउन २८ गतेको बाढीले बगाएर क्षति पुर्‍याएको थियो। उक्त स्थानमा आयोजनाले नयाँ ठेक्का खुलाएको छैन।


सामाग्री श्रोत :

छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन

काठमाडौँ । अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट् इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’मार्फत सार्वजनिक हुने भएको छ । काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख दोस्रो हप्तादेखि प्रसारण हुनेछ । पहिलो सिजनका लागि तयार गरिएका १२ ओटा श्रृङ्खला एकै पटक स्ट्रिमिङमा आउने निर्देशक विमलेश अधिकारीले जानकारी दिए ।

सिचुएशनल कमेडी-ड्रामा विधामा आधारित सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली, आपसी सम्बन्ध र प्रवासी समस्यालाई चित्रण गरेको अधिकारीको भनाइ छ । अमेरिकामा रहेकी छोरीलाई भेट्न पुगेका अभिभावक र छोरी लिभ–इन रिलेसनशिपमा रहेको थाहा पाएपछि उत्पन्न घटनाक्रमलाई सिरिजको मुख्य कथावस्तु बनाइएको छ ।

सिरिजमा नायिका अरुणिमा लम्सालले झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन् । साथै, बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, रोजिना थापा लगायतको अभिनय रहेको छ ।

विवेक चम्लागाईंको लेखन, रोशन घिमिरेको लगानी, सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताको रूपमा संलग्न रहेको सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको छ । सिरिजको सम्पादन मित्र डि गुरुङ, छायाङ्कन निर्देशन विक्रान्त मान श्रेष्ठ र साउन्ड डिजाइन अमित श्रेष्ठले गरेका छन् ।

निर्देशक अधिकारीका अनुसार सिरिजले मनोरञ्जनका साथै प्रवासी नेपालीको आत्म–पहिचान र जीवन यथार्थ प्रस्तुत गर्ने उद्देश्य राखेको छ । सिरिजको सम्पूर्ण १२ एपिसोड वैशाख दोस्रो हप्ताबाट ‘एमएसएम भिडिओ’ एपमा हेर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन्। 

डा.महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा.राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गरिन्। 

“गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ। सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ”, मन्त्री डा. राणाले भनिन्, “नेपालमा केही पनि भएन। अब यो देशमा बसेर के काम ? भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन्। नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ। नेपालमा सुधार भएको छ।”

Ncell 2
Ncell 2

आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गरेर मुुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताइन्। 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेकाले निराश हुनुपर्ने आवश्यक भएको बताए। 

shivam cement
shivam cement

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको जिकिर गर्दै कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिइएको बताए। पुस्तककी लेखिका डा. कुँवरले पुस्तकले नेपाल चिनाउन मद्दत पुग्ने बताइन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उत्कृष्ट स्वास्थ्यका लागि व्यवहारिक विज्ञानसम्बन्धी प्राविधिक सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतमलाई नियुक्त गरेको छ।डा गौतम हाल वाटरएड युकेमा हाइजिन लिडका रूपमा कार्यरत छन्, जहाँ उनले एसिया र अफ्रिकाका विभिन्न देशहरूमा संगठनको वैश्विक व्यवहार परिवर्तन कार्यक्रमहरूको नेतृत्व गरिरहेका छन्। व्यवहार परिवर्तन वैज्ञानिक तथा जनस्वास्थ्य विज्ञको रूपमा उनीसँग २२ वर्षभन्दा बढीको अनुभव छ। विशेषगरी पानी, सरसफाइ र स्वच्छता, बाल स्वास्थ्य, खोप, रोग नियन्त्रण, एचआईभी/एड्स, सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्था, तथा खाद्य स्वच्छता जस्ता क्षेत्रमा उनले काम गरेका छन्।एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन बाट पीएचडी गरेका गौतमले बंगलादेश बाट जनस्वास्थ्यमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय, नेपाल बाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले बेलायत तथा युरोपका विभिन्न विश्वविद्यालयहरूमा गेस्ट लेक्चरर का रूपमा पनि कार्य गरेका छन्।अध्यक्ष भने डा लोरी फोस्टर छिन्। जो अमेरिकास्थित नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयमा मनोविज्ञानकी प्रोफेसर हुन्। साथै, उहाँ दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयमा मानार्थ प्रोफेसरको रूपमा समेत कार्यरत छिन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ। नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म विस्का नखः (जात्रा) चलेको थियो।

यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा विस्का जात्रा सुरु भएको थियो। वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो। यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो। रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ। अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ। रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर बिसाइएको थियो।

यस्तै वैशाख ४ गते सानोलाछीबाट सिन्दूर जात्रा गरी गछेटोलमा लगेर रथ बिसाइएको थियो। उक्त स्थानमा बिसाएको रथलाई विधिवत रुपमा पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ। जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो।


सामाग्री श्रोत :

विस्का जात्रा सम्पन्न

काठमाडौं । अब जेमिनाई लाइभमा रहेको स्क्रिनशेयरिङ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध हुने भएको छ । गुगलले एक्समार्फत बिहीबार एक पोस्ट सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

केही समयअघि मात्र सार्वजनिक गरिएको यो फिचर सुरुमा पिक्सेल नाइन र सामसङ ग्यालेक्सी एस२५ मा जेमिनाई एप प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि मात्र सीमित थियो । त्यसबेलासम्म यो फिचर प्रयोग गर्न जेमिनाईको एड्भान्स सब्सक्रिप्सन आवश्यक पर्थ्यो । अब भने यो फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताहरूले निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो सुविधा आजैदेखि क्रमिक रूपमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइनेछ ।

यो फिचरमार्फत प्रयोगकर्ताले मोबाइलको क्यामेरा प्रयोग गरेर जेमिनाईसँग लाइभ कुरा गर्न सक्नेछन् । क्यामेरा मार्फत कुनै वस्तुको अगाडि राख्दा जेमिनाईले तुरुन्तै सो वस्तुसम्बन्धी जानकारी प्रदान गर्नेछ । उदाहरणका लागि, यदि तपाईंलाई कुनै वस्तुको बारेमा जानकारी चाहिएको छ भने मोबाइलको क्यामेरा सो वस्तुको अगाडि राख्नुपर्नेछ र जेमिनाईले तत्कालै जानकारी दिनेछ ।

त्यस्तै, स्क्रिनशेयरिङ फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन जेमिनाई लाइभसँग शेयर गरेर सोधिएका प्रश्नहरूको जवाफ पाउन सक्नेछन् ।

यसैबीच, माइक्रोसफ्टले पनि आफ्ना प्रयोगकर्ताहरूका लागि ‘कोपाइलट भिजन’ नामक एआई सेवा माइक्रोसफ्ट एज ब्राउजरमार्फत निःशुल्क रूपमा सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:५





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– सुडानका अर्धसैनिक र नियमित सेनाबीचको झडपमा घेराबन्दी गरिएको एल–फासेरको डार्फर सहरमा कम्तीमा ५७ नागरिकको मृत्यु भएको एक चिकित्सा स्रोत र एक स्वयंसेवी सहायता समूहले बिहीबार बताएका छन् ।

स्थानीय प्रतिरोध समिति, एक स्वयंसेवक सहायता समूहले सन् २०२३ अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक र्‍यापिड फोर्सेस (आरएसएफ) ले बुधबार सहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा भएको आक्रमणमा आरएसएफले चार सयभन्दा बढीको ज्यान लिएको केही दिनपछि हिंसा भएको हो ।

Ncell 2
Ncell 2

लगभग एक वर्षदेखि आरएसएफले घेरा हालेको उत्तरी डार्फरको एल–फासेर अन्तिम प्रमुख सहरी गढ हो जुन अझै पनि सेनाको नियन्त्रणमा छ र आरएसएफका लागि रणनीतिक लक्ष्य हो ।

गत महिना सेनाले राजधानी खार्तुमलाई पुनः कब्जा गरेपछि आरएसएफले डार्फर सहरमा आक्रमण बढाएको छ ।

shivam cement
shivam cement

मङ्गलबार तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड ३० लाख विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको रूपमा वर्णन गरेको छ ।

यसले देशलाई पनि दुई भागमा विभाजित गरेको छ । सेनाले मध्य, उत्तर र पूर्वमा कब्जा गरेको छ भने आरएसएफले लगभग सबै डार्फर र यसका सहयोगीहरूसँग दक्षिणका केही भाग नियन्त्रण गर्दछ ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- दन्त चिकित्सकको संख्या  जनसंख्याको अनुपातमा अहिले नै धेरै रहेको बताउँदै मेडिकल कलेजमा सिट संख्या नबढाउन माग गरिएको छ। चिकित्सा शिक्षा आयोगले निजि मेडिकल तथा डेन्टल कलेजको सिट बढाउने विषयमा समेत कार्यदल गठन गरेकोमा ध्यानाकर्षण भएको नेपाल डेन्टल एशोसिएसनले बताएको छ। भनिएको छ,  ‘नेपाल मेडिकल काउन्सिलको अनुसार हाल नेपालमा आज को मिति सम्म दर्ता ५५०० दन्त चिकित्सक  र ८२० दन्त बिशेसज्ञ रहेको र सो संख्यालाई नेपालको जनसंख्या संग दाँज्दा दन्त चिकित्सक जनसंख्या अनुपात ५५०० पुगेको छ | विश्व स्वास्थ्य संगठन अनुसार उक्त अनुपात ७५०० हुनु पर्नेमा हामी अहिलेको अवस्थामै सो संख्या नाघिसकेका छौं।’प्रत्येक बर्ष ६०० जना दन्त चिकित्सकहरु अहिले पनि उत्पादन हुदै आएको र अब आउने ५ बर्षमा भर्ना भैसकेका बिद्यार्थीहरु उतिर्ण हुदा ३००० दन्तचिकित्सक थपिने र सो अनुसार सन् २०३० सम्म दन्त चिकित्सक को संख्या ८५०० हुने हिसाब निकालिएको छ। नेपालको बार्षिक जनसंख्या बृद्धिदर १.१८ प्रतिशतलाई हेरेर प्रक्षेपण गर्दा सन् २०३० मा नेपालको जनसंख्या र दन्त चिकित्सकको उतपादनको आधार अनुपात ३८०० पुग्ने उल्लेख छ। जुन अहिलेको अवस्था भन्दा पनि नाजुक हुने बताइएको छ। ‘यो संख्या विश्व स्वास्थ्य संगठनले सुझाव दिएको संख्या भन्दा दोब्बर हुन जान्छ | यो आकलनहरु नेपाल डेन्टल एसोसिएसनले  चिकित्सा शिक्षा आयोगलाई नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९-२०८७ को निर्माणको बेलामा पनि जानकारी गराइएको बताइएको छ। ‘मेडिकल तथा डेन्टल कलेज संचालकहरुको अगाडी  नेपाल सरकार , चिकित्सा शिक्षा आयोग आफैले प्रक्षेपण गरेको आकलनलाइ नजरअन्दाज नगर्न , नझुक्न र  बीडीएसको सिट नबढाउन सुझाव दिन चाहन्छौं।  सुझाव अनुसार कार्यन्वयन नभएमा नेपाल डेन्टल एसोसिएसन  कडा कदम चाल्न बाध्य हुनेछौं,’ महासचिव डा विश्वप्रकाश ठाकुर हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’को सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक क्षेत्रका विशिष्ट संगीतकर्मी न्ह्यू बज्राचार्यले संगीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ।

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन्। एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन्।

यसको भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका छन्, जसले सयौँ म्युजिक भिडियो र दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन्। अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो। भिडियोमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ। कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायांकन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन्।

समारोहमा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो।


सामाग्री श्रोत :

न्ह्यूको संगीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

काठमाडौँ । आजको डिजिटल युगमा अनलाइन अकाउन्ट धेरै हुने भएकाले पासवर्ड व्यवस्थापन गर्नु आफैँमा गाह्रो हुन्छ । यसैले धेरै प्रयोगकर्ताहरू गुगल पासवर्ड म्यानेजर जस्ता टुलहरूमा भर पर्छन् । तर के तपाईँका यस्ता संवेदनशील जानकारी साँच्चै सुरक्षित छन् त ? आउनुहोस्, गुगलले पासवर्ड र पासकी सुरक्षाको लागि प्रयोग गर्ने विधिहरू बारे चर्चा गरौँ:

गुगल पासवर्ड म्यानेजरले तपाईँका सुरक्षित गरिएका पासवर्डहरू र पासकीहरूलाई एक युनिक की प्रयोग गरेर इन्क्रिप्ट गर्छ । इन्क्रिप्सन भनेको तपाईँको जानकारीलाई गोप्य कोडमा बदल्ने प्रक्रिया हो, जसले गर्दा अरू कसैले पनि पढ्न नसकोस् । यसरी इन्क्रिप्ट गरिएको जानकारी पढ्न लागि त्यही युनिक की चाहिन्छ ।

हाल गुगलले दुई तरिकाले पासवर्ड इन्क्रिप्ट गर्दै आएको छ; एक स्ट्यान्डर्ड पासवर्ड इक्रिप्सन अनि अर्को अन-डिभाइस इन्क्रिप्सन।

स्ट्यान्डर्ड पासवर्ड इक्रिप्सन

आजकल, तपाईँका सुरक्षित गरिएका पासवर्डहरू नेटवर्कमा पठाउँदा र गुगलमा सुरक्षित गर्दा इन्क्रिप्ट हुन्छन् । पासवर्डमा पहुँच गर्न प्रयोग गरिने इन्क्रिप्सन की सुरक्षित रूपमा तपाईँको गुगल अकाउन्टमा स्टोर गरिएको हुन्छ । जब तपाईँ passwords.google.com मा, तपाईँका उपकरणमा वा क्रोम सेटिङमा पहुँच गर्नुहुन्छ, गुगलले यो की प्रयोग गरेर तपाईँका पासवर्डहरू डिक्रिप्ट गर्छ ।

साथै, पासवर्ड चेकअपमार्फत कुनै सुरक्षा समस्या छ कि छैन भनेर तपाईँका पासवर्डहरू चेकजाँच गरिन्छ । यस प्रकारको इन्क्रिप्सनको अर्थ हो कि तपाईँले आफ्नो डेटा सुरक्षित राख्न गुगललाई विश्वास गर्नुहुन्छ । किनकि त्यस्तो की की गुगलसँग हुन्छ । यदि तपाईँले आफ्नो गुगल अकाउन्टको पासवर्ड गुमाउनुभयो भने तपाईँले सुरक्षित गरिएका पासवर्डहरूको पहुँच पनि गुम्ने जोखिम हुन्छ । आफ्नो अकाउन्ट रिकभरी फोन नम्बर र ईमेल अप-टु-डेट राख्नाले पासवर्ड बिर्सिएको खण्डमा आफ्नो अकाउन्टमा पुनः पहुँच प्राप्त गर्न सघाउ पुग्छ ।

अन-डिभाइस इन्क्रिप्सन

अन-डिभाइस इन्क्रिप्सन सेट अप गर्नु भयो भने तपाईँका पासवर्ड र पासकीहरू तपाईँको गुगल पासवर्ड वा फोन वा ट्याब्लेटमा राखिएको स्क्रिन लक प्रयोग गरेर मात्र अनलक गर्न सकिन्छ । यसको मतलब तपाईँका इन्क्रिप्टेड डेटामा तपाईँ बाहेक अरू कसैले पहुँच पाउन सक्दैन । यसमा इन्क्रिप्सन की तपाईँसँगै हुन्छ । तर याद राख्नुहोस् यदि तपाईँले यस्तो की गुमाउनुभयो भने आफ्नो डेटा पनि गुमाउन सक्नुहुन्छ ।

अन-डिभाइस इन्क्रिप्सनले तपाईँलाई आफ्नो डेटा लक र अनलक गर्ने विभिन्न तरिकाहरू सेट अप गर्ने विकल्प दिन्छ । जस्तै तपाईँको पासवर्ड वा पासकी, जसले गर्दा तपाईँले आफ्नो डेटामा पहुँच गुमाउने सम्भावना कम हुन्छ । यो सुविधा पासवर्ड र पासकीहरूमा मात्र लागु हुन्छ ।

एक पटक अन-डिभाइस इन्क्रिप्सन सेट अप गरिसकेपछि यसलाई हटाउन सकिँदैन । समयसँगै, पासवर्ड सुरक्षालाई मद्दत गर्न यो सुरक्षा उपाय भविष्यमा सबैका लागि अनिवार्य गरिने बताइएको छ ।

गुगल पासवर्ड वा पासकी गुमाउँदा हुन सक्ने जोखिम

यदि तपाईँले आफ्नो गुगल अकाउन्टको पहुँच गुमाउनुभयो भने, तपाईँले सुरक्षित गरिएका पासवर्ड वा पासकीमा पहुँच गुमाउने जोखिम हुन्छ । आफ्नो अकाउन्ट रिकभरी फोन नम्बर र ईमेल अप-टु-डेट (अद्यावधिक) राख्नाले साइन इन गर्न नसकेको खण्डमा आफ्नो अकाउन्टमा पुन: पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छ ।

यदि तपाईँले आफ्नो गुगल पासवर्ड र डिभाइसको स्क्रिन लक जस्ता सबै रिकभरी विकल्पहरू गुमाउनुभयो भने, तपाईँले आफ्ना सबै पासवर्ड पनि गुमाउनु हुनेछ । यदि तपाईँले आफ्नो गुगल अकाउन्ट साइन इन भएको र पासवर्ड सुरक्षित गरिएको सबै डिभाइसहरूमा पहुँच गुमाउनुभयो भने पनि यस्तै हुन्छ ।

यदि तपाईँले आफ्नो पासवर्डमा पहुँच गुमाउनुभयो र फेरि गुगल पासवर्ड म्यानेजर प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईँले passwords.google.com/encryption/reset मा गएर टर्न अफ छनोट गरी सबै सुरक्षित गरिएका पासवर्डहरू मेटाउनुपर्ने हुन्छ । त्यसपछि तपाईँले अन-डिभाइस इन्क्रिप्सन पुनः सेट अप गर्न सक्नुहुन्छ । यो चाहिँ वैकल्पिक उपाय मात्र हो ।

पासकीको हकमा, यदि तपाईँसँग आफ्नो पासवर्डको पहुँच छ, तर पासकी बिर्सिनु भयो भने तपाईँले आफ्नो क्रोम सर्भर साइड डेटा रिसेट गर्नुपर्ने हुन्छ । क्रोमले कस्तो डेटा स्टोर गर्छ भन्ने बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

यसमा तपाईँका सुरक्षित गरिएका पासवर्ड र पासकीको अतिरिक्त बुकमार्कहरू र क्रोम सेटिङ समेत समावेश हुन्छन् । यका लागि chrome.google.com/sync मा गएर क्लियर डेटा छनोट गर्नुहोस् र आफ्नो डिभाइसमा क्रोममा सिंक अन गर्नुहोस् । पासकीमा पहुँच बनाउनको लागि स्क्रिन लक सेटअप अनिवार्य हुन्छ ।

नयाँ डिभाइसको हकमा

नयाँ डिभाइसबाट आफ्ना पासवर्ड वा पासकीमा पहुँच गर्न धेरैजसो अवस्थामा तपाईँले आफ्नो गुगल अकाउन्टमा साइन इन गरे पुग्छ । पासकीहरूको लागि तपाईँलाई आफ्नो इन्क्रिप्टेड डेटामा पहुँच पाउनु अघि स्क्रिन लक सोधिन्छ ।

गुगलले तपाइँंका सुरक्षित गरिएका पासवर्ड वा पासकीहरू सधैँ रिकभर गर्न सक्ने कुरा सुनिश्चित गर्न रिकभरी विकल्पहरू थप्न सिफारिस गरेको छ । हाल, तपाईँ आफ्नो गुगल पासवर्ड प्रयोग गरेर एन्ड्रोइड डिभाइसमा इन्क्रिप्टेड डेटामा पहुँच पाउन आफ्नो स्क्रिन लक प्रयोग गर्न सक्छन्। भविष्यमा थप रिकभरी विकल्पहरू थपिने बताइएको छ ।

रिकभरी जानकारी अप-टु-डेट राख्न नभुल्नु होस्

गुगल पासवर्ड म्यानेजर प्रयोग गर्दा तपाईंको डेटा इन्क्रिप्टेड भए तापनि बलियो पासवर्ड प्रयोग गर्न र आफ्नो रिकभरी जानकारी अप-टु-डेट राख्न आवश्यक छ । अन-डिभाइस इन्क्रिप्सनले थप सुरक्षा प्रदान गर्दछ । किनकि यसमा की प्रयोगकर्तासँग मात्र हुन्छ । तर यसको बेफाइदा के छ भने यदि की हरायो भने डेटा पनि हराउन सक्छ । प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता र जोखिमको अवस्था अनुसार इन्क्रिप्सनको विधि छनोट गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १५:३३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट