काठमाडौं । प्रमुखप्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४सम्म सरकारमा नजाने बताएका छन्।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा जाने हतारोमा नरहेको र सोही अनुरुपको दृढता पैदा भएको बताएका हुन्।
‘वृद्धवृद्धादेखि युवायुवतीदेखि बालवच्चासम्मले पनि अब हाम्रो भरोसा एकचोटी फेरि माओवादीतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजरौं हजार संख्या हामीले जो देख्यौं हुलाकीमार्ग वरीपरी, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ। सरकारमा २०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईंहरुलाई लाग्छ सरकारमा जान हतारो गरेको होला,’ उनले भने।
उनले अब पार्टीले फेरी सरकारमा जाने त्रुटि नगर्ने दाबी गरेका छन्। ‘हामी फेरि एकचोटी सरकारमा गएर त्यो त्रुटी गर्ने पक्षमा छैनौं। यो हामीले भन्नका लागि भनेको होइन। तपाईंहरु भन्नुहुन्छ-कुर्सी प्राप्तिका लागि जे पनि गर्ने,’ उनले भने।

सामाग्री श्रोत :