२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

गणेश थापा माथिको १० बर्षे प्रतिबन्ध फुकुवा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन्।

उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। जसका कारण संगठित फुटबलमा संलग्ननतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन्।

थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल शुद्धीकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन्।

प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरुप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै नेपाली फुटबलको विकास र विस्तारमा सधैं लागिरहने प्रतिबद्दता पनि जाहेर गरेका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ ९एएफसी०का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए।


सामाग्री श्रोत :

गणेश थापा माथिको १० बर्षे प्रतिबन्ध फुकुवा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट