राज्य र राज्यप्रणालीको विद्यमान अवस्था

२०४६ सालपछि निरन्तर सरकारमा बसेका दलहरु र ०६४ सालको संविधानसभा निर्वाचनपछि उदाएका केही नयाँ दल थपिएर बनेको राजनीतिक समीकरणबाट अहिलेसम्म सरकार चलिरहेको छ।
राजासहितको बहुदलीय व्यवस्थाले नभएर त्यसलाई फाली गणतन्त्रात्मक शासन प्रणाली ल्याइएको छ। करिव १८ वर्षदेखि देशमा वहुदलीय संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन कायम गरी नयाँ संविधान जारी गरेर शासन चलाएको पनि करिव १० वर्ष भइसकेको छ।
राज्यको पुनरसंरचाना गरी सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउने उद्देश्यले देशलाई संघीयतामा लगिएको छ। केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारका जनप्रतिनिधिमात्रै झण्डै ४० हजार हाराहारी छन्। दर्जनौँ आयोग र विभिन्न ठाउँमा गरिएका राजनीतिक नियुक्तिमार्फत विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ।

विश्वमा कूटनीतिक सम्बन्ध बढाउन र समन्वय गर्न दूतावासको संख्या बढाएर सबैतिर राजदूतहरु खटाइएको छ। संसारभर वाणिज्य दूतहरु छन्। अहिले हामीसँग केन्द्र, प्रदेश र स्थानीय गरी ७६१ जननिर्वाचित सरकार क्रियाशील छन्।
नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान, निजामति कर्मचारी, शिक्षकलगायत विभिन्न संस्थान र वित्तिय संस्थानमा गरी लाखौँ जनशक्ति क्रियाशील छन्। प्राकृतिक श्रोतसाधन, खनिज सम्पदा, अब्बल जनशक्ति तथा जैविक विविधताले भरिपूर्ण मूलुक छ।
राज्यले संकलन गर्ने सम्पूर्ण राजश्वभन्दा बढी चालु खर्च छ। यो पूँजिगत खर्चभन्दा झण्डै चार गुणा ठूलो छ। जताततै राज्यको उपस्थिति देखिन्छ। हरेक दलका नेताहरु गाउँगाउँसम्म सक्रिय छन्। लाग्छ यो नेतैनेता भएको मुलुक हो। देशमा संविधान छ। ऐननियम, कानुन, विधि विधान सबै छन्।
जनताका केही प्रश्न र असन्तुष्टि
प्रश्न :
१ नेपालजस्तो र नेपालजत्रो मूलुकका लागि माथि उल्लेख गरिएको राज्यको संरचना र जनशक्ति आवश्यक छ ?
२ राष्ट्रको सामाथ्र्यले धान्नै नसक्ने चालु अर्थात प्रशासनिक खर्चको ठूलो आकारको वजेटले देशलाई भार परेन ?
३ आफैले ल्याएको व्यवस्था र चुनेका यत्रा जनप्रतिनिधिहरुबाट भइरहेका कामकर्तव्य र अधिकारबाट जनता किन निराश छन् ? उनिहरुमा असन्तोष र जनआक्रोश किन बढ्दो छ ?
४ हिँजो जनताका अगाडि बोलेका कुरा, जनतालाई दिएको अश्वासन र देखाएका सपनाहरु किन पूरा गरिएन ? जनताका न्युनतम आवश्यकता पनि पूरा नगरी जनतालाई झुक्याउने र ढाँट्ने काम मात्र किन भयो ? आफ्नो पालामा भएको देखाउनलायक दुरगामी महत्वको कुनै एउटा काम छ ?
असन्तुष्टि
१ राजनीतिक दलको उद्धेश्य सरकारको नेतृत्व पाउनु मात्र होइन। जनप्रतिनिधि र राजनीतिक दलले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्या र जनआकांक्षाको उचित सम्बोधन गर्नु पहिलो कर्तव्य हो। राज्य संयन्त्रले लिने सबै सेवासुविधाको श्रोत जनताको पसिना हो। जनताको पसिनाबाट आर्जित राजश्वको सुविधा लिएपछि देश र जनताका निम्ति गर्नुपर्ने तोकिएका केही दायित्व र जिम्मेवारीहरु थिए त्यो पूरा भएन।
२ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगलगायतका क्षेत्रमा व्यापक सुधार गरी हजारौँ जनशक्तिलाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै रोजगार दिएर उत्पादनको स्तर माथि उठाउँदै आत्मानिर्भर बन्न सकिन्थ्यो तर त्यतातिर ध्यान दिइएन। भएका उद्योगधन्दालाई स्तरोन्नती गर्ने भन्दा मास्ने काम गरियो।
३ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर गाउँगाउँमा स्थानीय ज्ञान र सीपको सदुपयोगसँगै स्वउत्पादनको नयाँ जागरण ल्याउने नविन दृष्टिकोण देखिएन। जनतालाई आफ्नो ठाउँ छोड्न वाध्य बनाइयो।
४ दीगो विकासको रणनीति अपनाएर जलश्रोत तथा खनिज तथा प्रकृतिजन्यपदार्थको धनी देशले त्यसको सदुपयोगबाट ऊर्जा क्षेत्रको विकाससँगै अन्य क्षेत्रको विकासका दीर्घकालीन योजनाहरुबाट अर्थतन्त्र सुदृढीकरणको मार्ग प्रशस्त गर्न सकिन्थ्यो त्यतातिर ध्यान गएन।
५ वरिपरिका छिमेकीहरुको उन्नति र प्रगतिको स्तर मापन गरेर आफूलाई पनि सोही अनुसार माथि उठाउने योजनामा हामी किन कहाँ चुक्यौ ? छिमेकीहरुले विश्वमा इज्जतसाथ शिर ठाडो पारेर आफ्नो महिमा गाइरहँदा हामी सबैतिरबाट हेपिदै शीर भुकाएर बस्ने अवस्थामा पुगेपछि करदाता जनताले यो व्यवस्था र नेतृत्वप्रति प्रश्न गर्ने ठाउँ पाउँछन् भन्ने हेक्का रहेन वा जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने गम्भीरता नेतृत्वबाट प्रस्तुत हुन सकेन।
अस्थिर र संकटपूर्ण जटिल भूराजनीतिक अवस्थामा सचेत हुनुपर्ने सात सवाल :
१ वैदेशिक मेसिनरीका फरकफरक शक्तिकेन्द्रसँग जोडिएका एजेण्टहरु अहिले राजालाई केन्द्रमा राखेर केही समूहहरु राजा नभइ देश चल्दै चल्दैन भन्ने मतसहित चर्को राजावादी भएर निस्केका छन्। राजावादी समूहमा घुसेको यो दलाल कित्तालाई नभत्काइ आप्mनो मिसन पूरा हुँदैन। यो कुरा राजाले बुझ्नुपर्छ।
२ राजा अउने बाटो र राजाको भूमिकामा नानाथरिका कुतर्कहरु गरेर जनमानसलाई भाँड्ने, भड्काउने र एक हुन नदिने प्रपञ्च रच्दै जति गरे पनि यहाँ केही हुन सक्दैन भन्ने पारेर राजा र राजसंस्थाको नारालाई बदनाम गरी सँधैका लागि बन्द गर्ने योजनामा उनिहरु लागेका छन्। यो कुरा पनि राजाले बुझ्नुपर्छ।
३ राजाका लागि नवीन सम्झौता, जनमत सङ्ग्रह, गोलमेच सम्मेलन, आन्तरिक सहमति, राष्ट्रिय मेलमिलाप, २०४७ को संविधान जस्ता फरकफरक बाटाहरुबाट कहिले कल्चरल किङ, कहिले वेवी किङ, कहिले सेरेमोनिय किङ, त कहिले सक्रिय राजा आदि इत्यादिमा जनमत विभाजित गरी कसैलाई पनि एक हुन नदिन यो गिरोह सक्रिय छ। यो कुरा पनि राजाले बुझ्नुपर्छ र आफ्नो अभिमत प्रष्ट राख्न तयार हुनुपर्दछ।
४ सच्चा राष्ट्रवादी र देशभक्त नागरिकहरुलाई बढो संयमित र होशियार भइ राजा र राजमुकुटको सुरक्षा गर्ने मूल राष्ट्रिय अभियानमा राष्ट्रिय झण्डामुनि एकतावद्ध हुन सबैलाई आह्वान गर्नुपर्दछ।
५ अहिले राजा र राजकंस्थाका बारेमा भइरहेको चर्चा र बजार हल्ला, विभिन्न अभियान र समूहबाट उठिरहेका आवाज र त्यहाँ मुखरित भएका नारा र विचारहरुको गम्भीर समीक्षा गरेर जनताले खोजेको कुरा के हो ? देशको आवश्यकता के हो ? र जनचाहना के छ ? यी सबै प्रश्नहरुको उचित सम्बोधन हुने गरी समाधानको प्रष्ट मार्गचित्र अघि सार्नुपर्दछ।
६ परिवर्तनका लागि सामाजिक सञ्जालमा देशभर उठिरहेका आवाज छिमेकी सद्भाव र सहानुभूति हिन्दुराष्ट्रका लागि हो या राजतन्त्रसहिको हिन्दुअधिराज्यका लागि हो या यसका नाममा अरु नै कुनै स्वार्थ छन् ? गम्भीर हुने पाटो हो यो। राजनीतिको यो तरल अवस्थामा आप्mना हुन् वा परका हरेक कुरा जायज भए पनि त्यसलाई सन्देहमा राखेरै हेर्नुपर्छ। बढिरहेका ताजा घट्क्रमहरुलाई भ्रमपूर्ण तर्कका खेतिबाट दिग्भ्रमित नभइ तथ्य, तर्क र चेतनासहितको सोचविचारबाट गम्भीर समीक्षा गर्नुपर्छ।
७ सतहमा देखिएका यी समसामयिक सवालहरुमा वौद्धिकवर्गसँग बसेर गहन विश्लेषण गरी दीर्घकालीन लक्ष्य पूरा गर्न राजाले नयाँ संरचना र दुरगामी दृष्टिकोणसहित फरक ढङ्गले अगाडि बढ्नुपर्दछ। भिडलाई हेरेर निर्णय गर्ने दुस्साहस कहीँ कतैबाट पनि नआओस् भन्ने कुरामा सचेतना अपनाउनु पनि आवश्यक हुन्छ।
आशा र निश्कर्ष :
आशा :
१ हिँजो राजा हुँदा विकास नभएकै हो भन्ने लागेर नै जनताले राजालाई संवैधानिक दायराबाटसमेत हटाएर गणतन्त्रवादी दलहरुलाई जिताएका हुन् तर दलहरुले १६ १७ वर्ष अकण्टक शासन गर्दा पनि जनताले अनुभूति गर्ने खालका कुनै नयाँ योजनाबाट जनतालाई सेवासुविधा दिन र देशको शान्तिसुरक्षा कायम गर्न नसकेपछि जनताले फेरि राजाकै नेतृत्व चाहनु अस्वाभाविक होइन।
२ विश्वको बदलिँदो राजनीतिक परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दा राज्यशक्ति विभाजित नभइ एकजुट हुनु आवश्यक छ। चालु गणतान्त्रिक व्यवस्थाको औचित्य मै जनताले प्रश्न उठाइ सडक गतिविधि बढिसकेपछि दलहरुले अब निषेधको राजनीति त्यागेर देशको सर्वसम्मत नेतृत्व गर्नसक्ने वैकल्पिक शक्तिको खोजी गर्न ढिलो गर्नु हुन्न भन्ने नै अहिलेको जनचाहनाको विषय हो।
३ संसारको नेतृत्व गर्नसक्ने हाम्रो वैदिक ज्ञान, विवेक, बुद्धि र चेतनाले जोगाएको यो स्वतन्त्र मुलुक कोही कसैको खेलमैदान नहोस् र केही कसैले आन्तरिक राजनीतिमा खेल्न नखोजून् भन्ने सत्य बुझेर ध्रुविकृत हुँदै गएको राजनीतिक शक्तिहरुले एकअर्कालाई ओठे जवाफ फर्काउनु भन्दा सहमति र सहकार्यमा अघि बढ्ने प्रयासमा गम्भीर हुनुपर्छे। देश जोगाउने कुरामा सम्पूर्ण नेपाली एक ढिक्का नभइ यो वा त्यो र तेरो र मेरोमा विवाद गरेर अलमलिनु उचित हुन्न भन्ने आमजनचाहना हो।
निश्कर्ष
१ कहिलेकाहीँ समय र परिस्थितिवस जनताले केही व्यक्ति र संस्थाको आवश्यकता, औचित्य र सान्दर्भिकता सकिएको महशुस गर्छन् र राष्ट्रीय रुपमा फेरि अर्को वैकल्पिक शक्ति र संस्था तयार पार्छन्। यसै सन्दर्भमा अहिले फेरि हिँजोका सबैका सबैखाले गतिविधिको लेखाजोखा गरी जनमतबाट शक्ति र स्थिरताको प्रतिक राजा र राजसंस्थाको सान्दर्भिकता पुन पुष्टि हुँदै र स्वीकारिदै गएको छ। यो सत्य हो। यसलाई स्वीकार्न केही पात्रहरुका लागि अप्रीय हुनसक्छ तर यो कदम देश र जनताका लागि हितकर र लाभदायक हुनेछ।
२ समय निकै घर्की सकेको छ। अझै पनि हामीले समयको पदचापलाई बुझ्न ढिलो गर्यौँ भने देशले बहुतै हानिकारक बाटो समाउन सक्छ। यो नेपाल र नेपालीको अस्तित्वको लागि कदापि उपयुक्त हुनेछैन। संघारमा आएको यो संकटबाट देश र जनताको सुरक्षा गर्न राष्ट्रीयशक्तिबीचको ऐक्यवद्धता जरुरी हुन्छ।
३ जनताले सुखद जीवन र सुरक्षित राष्ट्र खोजेका छन् तर नेपालको भूराजनीतिलाई नजिकबाट हेरिरहेका केही परका शक्तिले नेपाली नेपालीबीच द्वन्द गराएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको देखिन्छ। जनता निराश र राजनीति अस्थिर रहेका बेला विभिन्न शक्तिले आफ्नो स्वार्थका लागि खेल खेल्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो। यस्तोबेला राष्टिय शक्ति एकजुट हुनुपर्नेमा हामी झन विभाजित छौँ। हामीबीचको अभूतपूर्व एकता, मेलमिलाप, र पारस्पारिक विश्वास टुटेको अवस्था छ। यस्तो सङ्गीन घडीमा यसलाई जेड्ने पृथक मनोविज्ञानको विलक्षण नेतृत्व आवश्यक हुन्छ। त्यो राजाबाट मात्र सम्भव छ।
४ देश अहिले घाइते अवस्थामा छ। देशभित्र देखापरेका चुनौति निकै पेचिला, गम्भीर र दुरगामी महत्वका छन्। सामन्य सोचविचारले पार लगाउन सकिने अवस्था छैन। उत्तेजना र द्धन्द बढाउने व्यवहार गर्नु र चर्को अभिव्यक्ति दिनु ठीक हुँदैन। हामीसँग उपलब्ध नेतृत्वले यसमा आपूmलाई सक्षम सावित गर्नसक्ने स्थिति छैन। अत्यन्तै संयम, सुझबुझ, विनम्रता र बुद्धिमतापूर्ण तरिकाले समस्याको पहिचान गरी अघि बढ्नुपर्छ। यो समन्वयकारी भूमिका राजाबाहेक अरुबाट सम्भव देखिँदैन।
सामाग्री श्रोत :