२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

झिनो अंकले बढ्यो नेप्से, हाइड्रोपावरमा आकर्षण

काठमाडौं– आज नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले झिनो अंकले बढेको छ। 

नयाँ वर्षको पहिलो कारोबार दिन हिजो मंगलबार नेप्से २७.१४ अंकले बढ्दै २६८८.६३ विन्दुमा पुगेको थियो।

आज नेप्से ९.७५ अंकले बढ्दै २६९८.९७ विन्दुमा पुगेको हो। कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार ८ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज जम्मा झण्डै ७ अर्बको मात्रै कारोबार भएको हो।

आज सूचीकृत १४७ कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा ९७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ। सो सेक्टर सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढे।

Ncell 2
Ncell 2

फाइनान्स ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत मूल्य बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत् र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स छन्।

ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो। गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ प्रतिशत मूल्य घट्यो।

shivam cement
shivam cement

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट