२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट: अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

कास्की। पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ।

पोखरा रंगशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो। समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया अन्तिम चारमा पुग्न सफल भयो।

यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। खेलमा जितका लागि १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४ ओभरको दोस्रो बलमा चार विकेट गुमाउँदै भेट्टायो। अत्तरियाका निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे। निश्चलले २६ बलमा तीन चौका र एक छक्का प्रहार गरे। अर्जुनले १४ बलमा दुई चौका प्रहार गरे। ओपनर अभिषेक पलले ३८ रनको योगदान दिँदै आउट भए। मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिँदै आउट भए। ओपनर सोहनकुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारीले रन बनाए।  अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २र२ तथा भोजराज भट्टले एक विकेट लिए।

त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैँचा क्रिकेट क्लबलाई सात विकेटले हराएको थियो। १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२ ओभरको तेस्रो बलमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

अत्तरियाले कूल तीन खेलमा तीन जित हात पार्दै छ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो। होरिजोन क्रिकेट क्लबले तीन खेलमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रह्यो। मालपोखरीले तीन खेलमा एक जित दुई हारसहित दुई अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दरहरैँचा क्रिकेट क्लब जितविहीन हुँदै पुछारमा रह्यो। प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल काठमाडौं र हिमाल फ्रेण्ड्स तथा दोस्रो सेमिफाइनल गण्डकी र अत्तरियाबीच हुनेछ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको फाइनल खेल वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच  लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी, ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, वेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ।


सामाग्री श्रोत :

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट: अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट