२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

एनसेलले ल्यायो अहिलेसम्मकै सस्तो अनलिमिटेड डेटा र भ्वाइस प्याक, ३० रुपैयाँदेखि सुरु हुने

काठमाडौँ । एनसेलले पहिलो पटक दिनको ३० रुपैयाँभन्दा कम मूल्यमा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकसहित अन्य विभिन्न नयाँ प्याकहरू ल्याएको छ । ग्राहकहरू माझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याक ल्याएको हो । 

भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्मका ६ ओटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दैनिक २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् । 

एउटा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य हुने अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन् । जसको मूल्य ५० रुपैयाँ रहेको छ । त्यसैगरी ५९९ रुपैयाँमा करिब तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम समेत प्राप्त गर्न सकिनेछ । 

भारतमा फोन गरी सम्पर्कमा रही रहने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आइएलडी) प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रति मिनेट २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो भएको कम्पनीले बताएको छ । 

यस्तै ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्नेछन् । २,४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । 

साथै सधैँ अन प्याकअन्तर्गत, एनसेलले १,९९९ रुपैयाँमा २८ दिनसम्म मान्य हुने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी, १,१९९ रुपैयाँमा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस रहेको अर्को प्याक पनि उपलब्ध छ । 

ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् । “यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौँ । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध छौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट