२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

भारतको मेदान्ता अस्पतालको आइसीयुमा भर्ना एअरहोस्टेसमाथि यौन दुर्व्यबहार

गुरुग्राम- हरियाणाको गुरुग्रामस्थित प्रसिद्ध अस्पताल मेदान्ताको आईसीयूमा एक एयरहोस्टेसमाथि यौन दुर्व्यबहार भएको घटना सार्वजनिक भएको छ। यस सम्बन्धमा प्रहरीले एफआईआर दर्ता समेत गरेको छ।घटना अप्रिल ५ तारिखको हो र अस्पतालबाट डिस्चार्ज पाएपछि पीडित एयर होस्टेसले उजुरी दिएकी हुन्। प्रहरीले ती व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेको छ।उनी स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेपछि उनलाई मेदांता अस्पतालमा भर्ना गरिएको थियो। अप्रिल ५ मा अस्पतालमा भर्ना गरिएकी पीडित अप्रिल ६ मा आईसीयूमा रहँदा यौन दुर्व्यबहार भएको बताइन्। त्यहाँ रहेकी नर्सले बेवास्ता गरेको उनले बताइन्। घटनाको समयमा उनी बोल्न सक्ने अवस्थामा थिइनन् र अप्रिल १३ मा अस्पतालबाट डिस्चार्ज भएपछि उनले आफ्ना पतिको सामु यो घटना सुनाइन्। त्यसपछि गुरुग्राम प्रहरीले मुद्दा दर्ता गर्‍यो। उता, अस्पताल भित्र जडान गरिएका सिसिटिभी क्यामराका फुटेजहरूको जाँच भइरहेको छ र चाँडै आरोपीलाई पक्राउ गरिने प्रहरीको भनाइ छ। तर अहिलेसम्म दुर्व्यवहार गर्ने व्यक्ति चिकित्सक थिए वा अस्पतालका अन्य कुनै कर्मचारी भन्ने यकिन भइसकेको छैन।यसैबीच, मेदांता अस्पतालले यस मामिलामा आफ्नो प्रतिक्रिया दिँदै भनेको  प्रहरीको अनुसन्धानमा अस्पतालले पूरा सहयोग गरिरहेको बताएको छ। प्रहरीले मागेका सबै कागजात र सिसिटिभी फुटेज उपलब्ध गराइएको बताएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट