२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको फोन -यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्नु 

काठमाडौँ–गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका ३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ।

‘यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे खबर सार्वजनिक भएपछि आजै मन्त्रीज्यूले प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिनु भएको हो’, लेखकको सचिवालयले भन्यो।

Ncell 2
Ncell 2

यता प्रहरीले भने अनुसन्धान नै नभएको भन्ने विषयलाई अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले अनुसन्धान भइहरेको दाबी गर्दै भने, ‘जाहेरी लिएर अनुसन्धान भइरहेको छ। पक्राउ पुर्जी पनि आएको छ। तर, उनीहरू फरार भएकाले पक्राउ गर्न नसकिएको हो। हाम्रो प्रयास जारी छ।’

करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलवार आफ्नै घरमा मृत फेला परेको घटनाको गृहमन्त्री लेखकले चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

shivam cement
shivam cement

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट