२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं –  बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । बोरुसिया डर्टमन्डसँगको क्वाटर्रफाइनल दोस्रो लेगमा हारका बाबजुद बार्सिलोना सेमिफाइनल प्रवेश गरेको हो ।

मंगलबार भएको दोस्रो लेग क्वार्टरफाइनलमा डर्टमन्डले बार्सिलोनालाई ३–१ ले हराएको हो । पहिलो लेगमा ४–० ले जित हात पारेको बार्सिलोना समग्रमा ५–३ को नतिजा सेमिफाइनल प्रवेश गरेको हो ।

Ncell 2
Ncell 2

खेलको ११ औँ मिनेटमा गुइरेसीले पेनाल्टी मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा चौथो मिनेटमा नै उनले अर्को गोल गरे ।

shivam cement
shivam cement

५४ औँ मिनेटमा रोन्से बान्सेबाइनीले आत्मघाती गोल गरेपछि डर्टमन्डको सेमिफाइनल प्रवेश अझै कठिन बनेको हो । ७६ औँ मिनेटमा गुइरेसीले ह्याट्रिक गरे पनि उनी टोलीलाई अघिल्लो चरणमा प्रवेश गराउन भने असफल रहे । बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा पुग्न सफल भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट