२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

बागलुङमा तमानखोला गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना- ११ जना घाइते

ढोरपाटन–बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो।

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग. १ ५७०५ नम्बरको पिकअप जीप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ।

Ncell 2
Ncell 2

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका-२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन्।

shivam cement
shivam cement

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका-१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको बागलुङका डीएसपी विजय यादवले बताए।

घाइतेमध्ये सहायक प्रशासकीय अधिकृत मुना विक र प्राविधिक सहायक नवीन मल्लको अवस्था गम्भीर छ। उनीहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ। अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट