२०८२ बैशाख २ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २ मंगलवार

एजेन्सी–नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा कम्तीमा ४७ जनाको मृत्यु भएको छ।

रेडक्रसले दिएको जानकारी अनुसार २२ जना घाइते भएका छन् र पाँचवटा घरहरू जलेका छन्।

आक्रमण बास्सा जिल्लाको जिके र किमाक्पा गाउँमा भएको हो। केही दिन अघि मात्रै सोही राज्यको अर्को क्षेत्रमा यस्तै आक्रमणमा ४८ जनाको ज्यान गएको थियो।

एक स्थानीय बासिन्दाले भने, “हामीलाई नचिनेका व्यक्तिहरू आएर गोली चलाउन थाले। धेरै मानिस मारिए।”

प्लेटो राज्यमा किसान र गोठालाबीचको भूमिसम्बन्धी झगडा तथा जातीय र धार्मिक मतभेदका कारण यस्ता हिंसात्मक घटना भइरहन्छन्।

Ncell 2
Ncell 2

राज्य सरकारले यस घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ। मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ।

धार्मिक र जातीय द्वन्द्वले बढाएको हिंसा

प्लेटो राज्यमा विभिन्न जातीय र धार्मिक समुदायबीच द्वन्द्व भइरहने गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार भूमि र स्रोतको अभावले गर्दा द्वन्द्वलाई थप जटिल बनाएको छ।

shivam cement
shivam cement

प्रहरीको कमजोरी र अपराधीहरूको उन्मुक्तिले हिंसापछि बदला लिने प्रवृत्तिलाई पनि बढाएको छ।

गत साता एक १६ वर्षीय फुलानी युवकको टाउको काटिएको शव फेला परेको थियो। उनका गाईबस्तु पनि चोरी भएका थिए।

यसैबीच राज्य सरकार, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनल र अन्य समूहहरूले पछिल्ला घटनाको कडा शब्दमा निन्दा गरेका छन्।

एम्नेस्टी इन्टरनेसनल नाइजेरियाका निर्देशक इसा सानुसीले भन्नुभयो,“रक्तपात अब रोकिनुपर्छ। दोषीलाई कारबाही गर्न स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ।”    
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको संविधानले व्यवस्था गरेका अधिकार पूर्ण कार्यान्वयनले सबैखाले विभेदको अन्त्य हुने बताएका छन्।

नेपाल–भारत दलितमैत्री संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संवैधानिक अधिकारको पालना भए कसैले पनि विभेदको पीडा भोग्नुनपर्ने बताए। ‘समाजमा देखिएका विकृति, विसङ्गतीको अन्त्य गर्न, विभेदमा परेका समुदाय र वर्गलाई न्याय दिलाउन संविधानले धेरै व्यवस्था गरेको छ। त्यसको कार्यान्वयनको खाँचो छ। सरकार कानुन कार्यान्वयनमार्फत विभेद अन्त्यका लागि लागिपरेको छ’, मन्त्री शाहीले भने।

संविधानले राज्यका सबै तह र निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै उनले सरकार सबै नागरिकका अधिकारको रक्षा गरी समाजलाई साझा फूलबारी बनाउने उद्देश्यका साथ अगाडि बढेको उल्लेख गरे।

डा भीमराव अम्बेडकरको १३४औँ जन्मजयन्ती समारोहका अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले दलित समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रममार्फत अभियान चलाउनुपर्ने बताए। उनले अभियान अघि बढाउन सबै समुदायका व्यक्ति आफ्नो स्थानबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए।


सामाग्री श्रोत :

संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही

काठमाडौँ । ठगहरूले मेसेजिङ एप ह्वाट्सएपमा पैसा ठग्ने नयाँ तरिका अपनाउन थालेको पाइएको छ । स्क्यामरले फोटो पठाइ डाउनलोड गर्न लगाउने र सो फोटोमा क्लिक गरेको भरमा प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू प्राप्त गरी बैंक तथा डिजिटल वालेटको पैसा चोर्ने घटना बाहिरिएको हो । 

हालै भारतको मध्य प्रदेशको जबलपुरमा एक व्यक्तिले अज्ञात नम्बरबाट ह्वाट्सएपमा आएको एउटा फोटो डाउनलोड गरेपछि करिब २ लाख भारु गुमाएका छन् । यस घटनाले साइबर ठगीको नयाँ तरिकाको बारेमा खुलासा गरेको हो । 

ह्वाट्सएप इमेज स्क्याम (WhatsApp image scam) एक नयाँ प्रकारको साइबर ठगी हो, जसमा ठगहरूले ह्वाट्सएप वा अन्य मेसेजिङ एपमार्फत फोटो पठाउँछन् । यी फोटोहरूमा मालवेयर लिंकहरू हुन्छन्, जसलाई स्टेगानोग्राफी (Steganography) भनिन्छ । यो डिजिटल फाइलहरूमा डेटा लुकाउने प्रविधि हो । 

जब प्रयोगकर्ताले त्यस्तो फोटो डाउनलोड गर्छन्, उनीहरूको फोन क्र्याश हुन सक्छ वा सुरक्षाका हिसाबले कमजोर बन्न सक्छ । जसले ठगहरूलाई संवेदनशील जानकारी जस्तै ओटीपी, बैंक विवरण, वा डिजिटल वालेटका विवरणमा पहुँच दिन्छ।

केही ठगहरू फोनमार्फत पीडितसँग सम्पर्क पनि गर्छन्, तस्बिरको बारेमा सोधपुछ गर्छन् । ताकि तस्बिर खोलिएको कुरा सुनिश्चित गर्न सकियोस् । यो नयाँ प्रकारको स्क्यामले पुरानो फिशिङ लिंक वा नक्कली एप जस्ता विधिहरूलाई पनि माथ खुवाउन सक्छ । 

साइबर सुरक्षा विज्ञहरूले यस प्रकारको ठगीबाट बच्न प्रयोगकर्ताहरूलाई अज्ञात नम्बरबाट आएका कुनै पनि मेसेज वा तस्बिर नखोल्न र मोबाइल उपकरणमा एन्टी-मालवेयर सफ्टवेयर राख्न सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ ११:५०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–सुनसरीमा गोली लागेर दुई जना घाइते भएका छन्।

सोमबार राति देवानगन्ज गाउँपालिका-७ राशीस्थित बजारमा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

उनका अनुसार गोली लागेर सोही ठाउँका शिवकुमार मेहेता र रविन्द्र यादव घाइते भएका छन्। उनीहरूको तिघ्रा र ढाडमा चोट लागेको छ। घाइते दुवै जनालाई विराटनगर अस्पतालमा पठाइएको छ।

Ncell 2
Ncell 2

अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको छ। अनुसन्धानका लागि विभिन्न युनिटका प्रहरीहरू परिचालन भएका छन्।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तीन राउण्ड गोली चलेको हो। त्यसको खोका भने एउटा मात्रै फेला परेको छ। 

shivam cement
shivam cement

देवानगन्ज–७ कै कामेश्वर नाम गरेका व्यक्तिले गोली हानेको प्रहरीले स्रोतले जनाएको छ। गोली प्रहारपछि उनी फरार भएका छन्। गोली प्रहारको कारण खुलेको छैन। शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गरेका छन्।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उनले जात्राको शुभारम्भ गरेका हुन्।

त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका थिए।


सामाग्री श्रोत :

राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’  युट्युबमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारी आज बुढासुब्बा डिजिटल युट्युब च्यानलमा यो चलचित्र सार्वजनिक गरिएको हो ।

मगर संस्कार र संस्कृतिमा बनेको चलचित्रलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन् । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), शिला आले, अनु थापालगायत कलाकारहरूको अभिनय छ । 

सिनेमा हलमा गएको असार २८ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले औसत व्यापार गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १५:९





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन्। अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन्।

यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ। यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन्। विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ। यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो। 

Ncell 2
Ncell 2

उनीहरू सुनौला रङ्गका चम्किला रौंले ढाकिएका हुन्छन्। विशबोन माकुरा टारान्टुला र ट्रयापडोर माकुरासँग सम्बन्धित छन् र प्रायः अस्ट्रेलियाका सुख्खा, दुर्गम क्षेत्रमा पाइन्छन्। 

shivam cement
shivam cement

अनुसन्धानकर्ताहरूका अनुसार अझै धेरै माकुरा प्रजाति पत्ता लाग्न बाँकी छ। यो खोजले अस्ट्रेलियाका जङ्गल र जीवजन्तुको विविधता बुझ्न मद्दत गर्नेछ।

वैज्ञानिक जेरेमी विल्सनले दुई वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गर्नुभएको हो। “हामीले धेरै नयाँ कुरा पत्ता लगाएका छौं,” उनले भनेका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  नर्भिक इन्टरनेशनल अस्पताल  वैशाख १ गतेदेखि ३३ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल नेपालका नाम चलेका ‘मल्टी स्पेसियालिटी अस्पताल’मा एक भएको छ। स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो। त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु गर्‍यो । यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरु सञ्चालन भइरहेका छन् । ‘पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ,’ अस्पतालले जनाएको छ। यस्तै, कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको बताइएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया पनि सुरु गरिएको छ। प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । ‘स्थापनायताका तीन दशकभन्दा लामो अवधिमा हामीले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेका छौं । यसैगरी, नर्भिक अस्पताल विदेशी नागरिकका लागि पनि विश्वसनीय गन्तव्य बन्दै गएको छ । हालसम्म हामीले सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएका छौं,’  अस्पतालले भनेको छ।हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ। सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुने बताइएको छ। अस्पताल सन् २०२१ को  जुलाइ १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ र निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने समेत जनाएको छ। अस्पताल खोल्न उत्प्रेरित गर्ने घटनाउपचार सेवामा जोडिनका लागि बसन्त चौधरीलाई बाल्यकालका घटनाले उत्प्रेरित गरेको छ । सानोमा उनी बिरामी परिरहन्थे । उनलाई उपचारका लागि भारत लगिन्थ्यो । उनी सम्झिन्छन्, ‘त्यो बेला भारतमा पनि अहिलेको जस्तो राम्रो र सुविधा सम्पन्न अस्पताल थिएनन् । अस्पतालमा कर्पोरेट लगानी सुरु भइसकेको थिएन । सबैभन्दा राम्रो अस्पताल अल इन्डिया इन्स्च्युट अफ मेडिकल साइन्स (एम्स) मानिन्थ्यो । हामी त्यहीँ उपचारका लागि जान्थ्यौं।’ उनका अनुसार उक्त अस्पतालमा बिरामीको भीड छिचोलेर डाक्टरको समय पाउनै गाह्रो थियो । उनको उपचारका लागि उनका बुवा लुनकरणदास चौधरी हात जोडेर डाक्टरको पछि–पछि हिँडिरहेको दृश्य उनको मानसपलटमा ताजै छ । त्यस्तै, रस्साकस्सी थियो बेड पाउन । उनी सम्झिन्छन्, ‘बल्ल–बल्ल पाएको बेडमा पनि जताततै रगतका टाटा हुन्थे । मलाई उपचारका क्रममा त्यसैमा सुताइन्थ्यो।’ अस्पताल नजिककै रुखको छहारीमा उनकी आमाले खाना पकाउँथिन् । उपचार चलिरहेका दिनहरुमा त्यहीँ खाना पकाएर उनीहरु खान्थे । उनी १३/१४ वर्षका थिए त्यो बेला । यी घटनाले उनको मनमा गहिरो छाप बनाए । उनलाई लाग्न थाल्यो, ‘नेपालमै राम्रो अस्पताल भए त यस्तो दुःख पाइँदैनथियो।’उनी हुर्किंदै गए, दिल्लीमा आफ्नो उपचार गर्नुपर्दाका दृश्यले उनलाई त्यति नै बिझाउँदै गयो । स्वास्थ्य क्षेत्रमा केही काम गर्ने अठोट पनि पलाउँदै गयो । उनका बुवाले बेला–बेला भनिरहेका हुन्थे, ‘नेपालमा एउटा राम्रो उपचार केन्द्र चाहिन्छ ।’करिब ३२/३३ वर्षअघि उनका बुवालाई हृदयाघात भयो । वीर अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । त्यो समय वीरको व्यवस्थापन अहिलेभन्दा पनि निकै अस्तव्यस्त थियो । उनले भने, ‘बुवाको उपचारका क्रममा हामीले निकै समस्या भोग्यौं । त्यो समस्याले मलाई नेपालमै सुविधा सम्पन्न अस्पताल खोल्ने हुटहुटी जाग्यो।’‘नर्भिक’ नामको अर्थ  र सुरुवातनर्भिक शब्दको आफैंमा कुनै अर्थ छैन । शब्दकोष हेरेर जुराइएको पनि थिएन । ‘नर्भिक’ नाम जुर्नुको कथा यस्तो रहेछ, एकपल्ट मेडिकल इक्युपमेन्टको व्यवसाय गर्ने सोच अनुरुप डा चौधरी भारत पुगेका थिए । पुनामा बस्ने उनका एक साथीको एम्सका तत्कालीन निर्देशक डा आरपी सिन्हासँग पारिवारिक सम्बन्ध थियो । पारिवारिक भेटका क्रममा डा सिन्हाले एकदिन भनेका थिए, ‘मेडिकल साइन्स नर्भ (नशा) माथि विजय प्राप्त गर्नु हो ।’ अर्थात् भिक्टरी ओभर नर्भ । यी दुई शब्दलाई मिलाएर चौधरीले अस्पतालको नामाकरण ‘नर्भिक’ गरे। सन् १९९३ मा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालिको नाममा अस्पताल दर्ता गरिएको थियो । डा नरेश त्रेहान अमेरिकाबाट भर्खर भारत फर्किएको समय थियो त्यो । डा त्रेहानसँग उनका दाजु विनोद चौधरीको राम्रो मित्रता थियो । उनले भारत फर्केर स्कर्ट अस्पताल खोलेको धेरै भइसकेको थिएन । उनी सम्झिन्छन्, ‘एक दिन कुरैकुरामा उहाँले नेपालमा पनि राम्रो अस्पताल खोल, हामी साथ दिन्छौं भन्नुभयो । त्यसपछि हामीले अस्पताल सञ्चालनको काम अगाडि बढाएका हौं।’ सुरुमा डाइग्नोस्टिक सेन्टर खोल्ने निधोमा उनीहरु पुगेका थिए । हाल एभरेस्ट अस्पताल रहेको नयाँबानेश्वरस्थित भवनमा भाडा पाएपछि डाइग्नोस्टिक सेन्टर मात्र नभई सानो अस्पतालकै रुपमा सेवा दिन सुरु गर्‍यो, चौधरी ग्रुपले । तर, त्यहाँबाट उपचार सेवा ६ महिनाभन्दा बढी दिन पाएनन् । चौधरी भन्छन्, ‘६ महिनामै हामीलाई भवन छाड्न वाध्य पारियो । त्यहाँबाट निस्केपछि पुतलीसडकबाट सेवा दिन थाल्यौं । तर, त्यहाँ पनि समस्या आयो । त्यसपछि हामी थापाथलीमा रहेको जेसिस भवनमा सर्‍यौं।’ जेसिस भवनमा अस्पताल सञ्चालन गरिरहँदा नर्भिक अस्पतालबाट पोलिक्लिनिकमा झर्‍यो । यो सन् १९९७ तिरको कुरा हो । त्यसपछि चौधरीलाई लाग्यो, अब यसरी  हुँदैन । कि त मैले नेपालमा राम्रो अस्पताल सञ्चालन गर्ने सपनाकै अन्त्य गर्नुपर्छ । कि त एउटा स्थायी स्थानमा प्रशस्त ठाउँ लिएर अघि बढ्नुपर्छ ।  आफ्नो सपनाको अन्त्य गर्न उनको मनले दिँदै दिएन । त्यसपछि थापाथलीमा जग्गा किनेर आफ्नै भवनबाट नर्भिक अस्पताल सुरु भयो । जुन आज पर्यन्त त्यहीँ छ । सन् १९९७ मा थापाथलीबाट सेवा दिन सुरु गरिएको चौधरी बताउँछन् । त्यसपछि उनले सन्तोषको सास फेरे । लक्ष्य लिए, ‘कुनै पनि हालतमा राम्रो उपचार सेन्टर बनाएरै छाड्छु।’ 
सामाग्री श्रोत :
swasthyakhabar

मुस्ताङ। विसं २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको छ।

कार्यालय प्रमुख उमेश पौडेलका अनुसार एक वर्षमा ७२ राष्ट्रका पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन्। सबैभन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा ३० जना पर्यटकले यहाँको भ्रमण गरेका छन्। अघिल्लो वर्ष विसं २०८० मा तीन हजार छ सय १३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए। त्यस अवधिमा सार्क राष्ट्रका ५२ र अन्य मुलुकका तीन हजार पाँच सय ६१ जनाले भ्रमण गरेका थिए। विसं २०८० को अनुपातमा विसं २०८१ मा पाँच सय १३ जना अर्थात् १२ दशमलव ६४ प्रतिशत बढी पर्यटक सङ्ख्या वृद्धि भएको एक्यापका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सडक यातायात सहज भएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको उनले बताए। मुस्ताङ जिल्लामा भित्रिने कुल विदेशी पर्यटक सङ्ख्याको करिब चार प्रतिशत मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेको पौडेलले बनाए।

रु २७ करोडभन्दा बढी राजस्व संकलन

उपल्लो मुस्ताङबाट गत वर्ष पर्यटक रोयल्टी शुल्कवापत रु २७ करोड २९ लाख राजस्व संकलन भएको छ। चालु वर्षको विदेशी मुद्राको औसत नेपाली मुद्रा अनुमानमा सरकारले उक्त राजस्व संकलन गरेको हो। चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा सूचीकृत गरेको छ। सीमा क्षेत्रमा अवान्छित गतिविधि हुनसक्ने भन्दै सरकारले यस क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा राखेको हो। यसैकारण मुस्ताङ भित्रिएका सीमित पर्यटक मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमाथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा राखेको छ। तल्लो मुस्ताङका दुई गाउँपालिका, बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र कागबेनीसम्म पुग्नका लागि एक्यापले लिने प्रवेशआज्ञा शुल्कबाहेक अन्य शुल्क पर्यटकले बुझाउनुपर्दैन तर, कागबेनीदेखि माथि उपल्लो मुस्ताङ जाने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिस्वरुप पाँच सय डलर शुल्क लिने गरेको छ।

सरकारलाई शुल्क बुझाएर अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान छ। उपल्लो मुस्ताङको प्रवेश शुल्क महँगो भएकै कारण यहाँ विदेशी पर्यटकको उपस्थित न्यून भएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले यस क्षेत्रलाई निषेधित क्षेत्रको सूचीमा राख्दा पर्यटकीय हिसावले समस्या भएको बताए। सरकारले विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेवापत उठाउने राजस्वको कम्तीमा यसबाट पर्यटन व्यवसायीलाई मार परेको उनले बताए। ‘सीमा क्षेत्र हो, सुरक्षाको हिसाबले निषेधित क्षेत्रमा राखिनु गलत होइन तर निषेधित क्षेत्रले यहाँको पर्यटन चलायमान हुन सकिरहेको छैन, यसैकारण यहाँका युवा जति विदेशपलायन हुन थालेका छन्’, अध्यक्ष विष्टले भने।

उपल्लो मुस्ताङको पृथक भूगोल, ऐतिहासिक धर्मसंस्कृति, सहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक यहाँ आउने गरेको छन्। यहाँ तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो पृथक धर्मसंस्कृति र परम्परा विद्यमान छ। लोमान्थाङमा सातौँ शताब्दीमा बनेको ऐतिहासिक लोमान्थाङ दरबार छ। त्यहाँका गुम्बा, माने, छोर्तेन पर्यटक आर्कषणका आधार हुन्। लोघेकर दामोदरकुण्डको मराङमा सातौँ शताब्दीमा निर्मित लोघेकर (घर) गुम्बा छ। उक्त गुम्बा गुरु पद्यसम्भवसँग सम्बन्धित छ।

यहाँ पुगेपछि लुरी गुम्बा, चराङ गुम्बा, ढाक्मरमा रातो पहाड, छोसेर गुफा, चिउसी गुफा, मुस्ताङ गेट, विश्वकै अग्लो ठाउँमा रहेको गल्फ खेल मैदानलगायत दर्जनौँ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गर्र्न पाइन्छ। यहाँ बर्सेनि तिजी र यार्तुङ पर्वमा विदेशी पर्यटकको उपस्थित बढी हुने गरेको छ।


सामाग्री श्रोत :

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं । चितवन रिसर्च एन्ड इलेक्ट्रोनिक्स सेन्टरले पुरानो, बिग्रिएर फालिएको स्कुटरलाई नयाँ विद्युतीय स्कुटरमा रूपान्तरण गरेको छ । इन्धनबाट चल्ने स्कुटरलाई करिब एक महिना लगाएर सेन्टरले विद्युतीय स्कुटरमा रूपान्तरण गरेको हो । यो स्कुटर हाल चितवनको भरतपुरमा जारी तेस्रो संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ मा समेत प्रदर्शन गरिएको छ ।

सेन्टरका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार आफ्नै खर्चमा उक्त स्कुटर तयार पारिएको हो । श्रेष्ठसहित सेन्टरका अर्का सदस्य कोसिस कोइराला र अन्य ६ जनाको टोलीले स्कुटर बनाएका हुन् । विद्युतीय स्कुटरमा ४८ भोल्ट क्षमताको लिथियम-आयन ब्याट्री जडान गरिएको छ । यसले करिब ३५० किलोमिटर रेन्ज दिनसक्ने श्रेष्ठले जानकारी दिए । स्कुटरमा डिस्प्ले जडान भने बाँकी रहेको उनले बताए ।

यसअघि सेन्टरले २० वर्ष पुरानो महिन्द्राको बोलेरो गाडीलाई पनि विद्युतीयमा रूपान्तरण गरिसकेको छ । करिब तीन वर्षअघि सामाजिक विकास मन्त्रालयको युवा वैज्ञानिक प्रोत्साहन कोषमार्फत प्राप्त अनुदानबाट सो गाडी तयार पारिएको थियो ।

‘Project on Electric Conversion of a Diesel-Powered Mahindra Bolero into a Wildlife Safari Vehicle for use in Chitwan National Park’ नामक परियोजनाअन्तर्गत तयार पारिएको उक्त बोलेरो गाडी हाल चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालनमा छ ।

सेन्टरमा हाल ६ जना कर्मचारी कार्यरत रहेको र वर्कशपमार्फत बाहिरी सवारी साधनहरूमा समेत विद्युतीय रूपान्तरणको काम भइरहेको श्रेष्ठले जानकारी दिए ।

उनी भन्छन्, “परम्परागत डिजेल-पेट्रोल सवारीलाई विद्युतीय बनाउँदा केही पुराना पाटपूर्जा उपयोग गर्न सकिन्छ, तर धेरैजसो पाटपुर्जा भने विदेशबाट आयात गर्नुपर्ने हुन्छ ।” तर, पाटपूर्जा आयात गर्दा भन्सार शुल्क अत्यन्त महँगो हुने भएकाले स्कुटर रूपान्तरणको लागत पनि उच्च हुने उनी बताउँछन् ।

“नेपालमा विद्युतीय गाडी ल्याउँदा १० प्रतिशत मात्र भन्सार लाग्छ, तर विद्युतीय गाडीका पार्टपुर्जा ल्याउँदा ६० प्रतिशत भन्सार तिर्नुपर्छ,” श्रेष्ठले भने, “यदि पार्टपुर्जाको भन्सार शुल्क घटाइयो भने नेपालमै फालिएका पुराना गाडीलाई विद्युतीय रूपान्तरण गरेर बजारमा ल्याउन सकिन्छ ।”

श्रेष्ठले सरकारबाट स्पष्ट नीति बनेर विद्युतीय रूपान्तरण सवारी दर्ता र बिक्रीमा सहजीकरण गर्नुपर्ने माग गरे । “नीति नै नभएपछि सामान बनायो, चलाउनै नपाइने भयो भने कसरी काम अघि बढाउने ? मार्केटमा लैजान मिल्ने नीति बन्यो भने थुप्रै पुराना गाडीहरू विद्युतीय बनाउन सकिन्छ,” उनले थपे ।

चितवनमा भइरहेको उक्त एक्स्पोमा पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सेन्टरले बनाएको स्कुटर चलाएकी थिइन् । उनले स्कुटर चलाएको अनुभव सोमबार आफ्नो फेसबुकमार्फत सेयर गर्दै हालको कानुनले पेट्रोलियमबाट विद्युतीयमा रूपान्तरण गरिएका सवारीसाधनको दर्ता गर्न नदिने व्यवस्था रहेको उल्लेख गरेकी छिन् ।

सांसद श्रेष्ठका अनुसार अहिले संसदमा गैरसरकारी विधेयक (Private Bill) दर्ता गर्ने तयारी भइरहेको छ र मस्यौदा पनि बनेको छ । उनले उक्त मस्यौदामा सुधारको सुझाव दिन आग्रह समेत गरेकी छिन् ।

के छ नेपालको कानुन ?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सवारीमा स्वीकृति बिना हेरफेर गर्न नपाइने व्यवस्था छ । सो दफामा भनिएको छ, “सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन हुने गरी हेरफेर गर्नुहुँदैन ।”

सामान्य परिवर्तनका लागि स्वीकृति लिन सकिए पनि सवारी निर्माता कम्पनीले बनाएको स्पेसिफिकेसन अनुसार ठूला हेरफेर स्वीकृत नगर्ने प्रावधान ऐनमा छ ।

२०७८ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सकिने व्यवस्था भने मिलाएको छ । तर विद्युतीयमा रूपान्तरण भएपछि त्यसलाई सञ्चालन अनुमति दिने सुस्पष्ट कानुन हालसम्म बनेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १९:१३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट