काठमाडौँ । आजकल मोबाइल फोनमा सबैभन्दा बढी चलाउने एप भनेकै किबोर्ड हो । चाहे छोटो मेसेज लेख्न होस् वा लामो ईमेल टाइप गर्न वा फेसबुक–इन्स्टाग्राममा क्याप्सन लेख्न वा साथीलाई रमाइलो स्टिकर पठाउन किबोर्ड बिना केही सम्भव छैन ।

अहिले अधिकांश एन्ड्रोइड स्मार्टफोनमा गुगलको जीबोर्ड नै डिफल्ट किबोर्डका रूपमा दिइएको हुन्छ । यो सजिलो छ, छिटो पनि टाइप हुन्छ । तर अरू स्मार्ट किबोर्डको तुलनामा केही फिचरमा साधारण महसुस हुन्छ । त्यसैले तपाईं नयाँ, स्मार्ट र इन्टेलिजेन्ट किबोर्ड खोज्दै हुनुहुन्छ भने माइक्रोसफ्टको स्विफ्ट की एआई किबोर्ड तपाईँका लागि एक उत्कृष्ट विकल्प बन्न सक्छ ।
अहिले यो किबोर्डमा कोपाइलट एआई इन्टिग्रेसनसहित धेरै स्मार्ट फिचर थपिएका छन्, जसले तपाईंको टाइपिङ अनुभवलाई पूर्णरूपमा बदलिदिन्छ । आउनुहोस्, विस्तृत रूपमा बुझौँ किन स्विफ्ट की जीबोर्डभन्दा राम्रो छ र किन तपाईंले आजै यसलाई ट्राइ गर्नुपर्छ ?
१. किबोर्डमै सर्च गर्ने सुविधा

साधारण अवस्थामा हामी मेसेज लेख्दै गर्दा बिचमा कुनै जानकारी चाहियो भने किबोर्ड बन्द गरेर अर्को एप खोल्नुपर्छ । फेरि फर्केर मेसेज लेख्नु निकै झन्झटिलो हुन्छ ।
तर स्पिफ्टकीको कोपाइलट इन्टिग्रेसनले यो समस्या सजिलै समाधान गरिदिएको छ ।
अब तपाईं किबोर्डमै इनबिल्ट सर्च बार प्रयोग गरेर मौसमको अपडेट, कुनै रेसिपी, ब्रेकिङ न्युज, फिल्मको जानकारी वा अरू केही पनि खोज्न सक्नुहुन्छ ।
उदाहरणका लागि, साथीहरूसँग घुम्न जाने योजना बनाउँदा मौसम कस्तो छ भन्ने जान्न एप स्विच गर्नु पर्दैन । सिधै स्विफ्ट की किबोर्डको कोपाइलट आइकन थिचेर ‘Weather in Kathmandu’ लेख्नुस् । नतिजा किबोर्डमै देखिन्छ ।
यस्तो मल्टिटास्किङ सुविधाले समय पनि बच्छ र च्याट वा कुराकानी थप रमाइलो हुन्छ ।
२. एडिटर र टोनजस्ता स्मार्ट टाइपिङ टुल
कतिपटक हामी मेसेज लेख्छौं, अनि पछाडि फर्केर हेर्दा स्पेलिङ गलत देखिन्छ । व्याकरण गडबड हुन्छ । टोन नै मिलेको हुन्छ । स्विफ्ट कीले यो समस्या पनि सुल्झाइदिएको छ ।
यसअन्तर्गत ‘एडिटर’ फिचरमा तपाईंले लेखेको मेसेज वा पोस्टमा ग्रामर, स्पेलिङ र पंक्चुएसन मिलाएर तुरुन्त सुधारिदिन्छ ।
त्यस्तै टोन फिचरले तपाईंको लेखाइको शैली (फर्मल, क्याजुअल, फ्रेन्ड्ली) परिवर्तन गरिदिन्छ ।
उदाहरणका लागि, साथीलाई रमाइलो मेसेज पठाउँदा टोन क्याजुअल राख्न सकिन्छ । अनि अफिसको ईमेल लेख्दा फर्मल टोनमा सजिलै परिवर्तन गर्न मिल्छ ।
यो सुविधा कोपाइलट आइकन थिचेर एडिटर वा टोन अप्सन छानेर प्रयोग गर्न सकिन्छ ।
यति मात्र होइन, यो सोसल मिडियामा क्याप्सन लेख्दा पनि अत्यन्त उपयोगी छ ।
३. क्लाउड क्लिपबोर्ड: फोन र ल्यापटपबिच सजिलै कपी–पेस्ट
यदि तपाईं विन्डोज ल्यापटप र एन्ड्रोइड फोन दुवै चलाउनुहुन्छ भने स्विफ्ट कीको क्लाउड क्लिपबोर्ड फिचर तपाईंका लागि गज्जबको असिस्टेन्ट बन्न सक्छ ।
यसले फोन र ल्यापटपबिच कपी गरेको टेक्स्ट सिधै ट्रान्सफर गर्न सकिन्छ । उदाहरणका लागि, तपाईंले ल्यापटपमा कपी गरेको टेक्स्ट मोबाइलमा पेस्ट गर्न सक्नुहुन्छ ।
यसबाहेक, कपी गरेको सामग्री क्लिपबोर्ड हिस्ट्रीमा सुरक्षित रहन्छ ।
तपाईंले चाहेको स्टाइल, स्क्रिनशट डिस्प्ले जस्ता कस्टमाइजेसन पनि गर्न सकिन्छ ।
यो सुविधाले डेटा ट्रान्सफर गर्न पेनड्राइभ, ईमेल पठाउने झन्झट नै हटाइदिन्छ ।
४. मल्टीलिङ्गुअल टाइपिङसँगै थिम र रमाइला स्टिकर
स्विफ्ट कीले ७०० भन्दा बढी भाषा सपोर्ट गर्छ । तपाईं एकै पटक पाँच ओटा भाषा एक्टिभ राखेर सजिलै स्विच नगरी टाइप गर्न सक्नुहुन्छ ।
उदाहरणका लागि, नेपाली, अंग्रेजी, हिन्दी, जापानी, स्पेनिस यी सबै भाषा एकैपटक इनेबल गरेर टाइप गर्न मिल्छ ।
यस बाहेक यसमार्फत मनपर्ने थिम छान्न सकिन्छ । आफ्नो फोटो राखेर किबोर्ड कस्टमाइज गर्न मिल्छ । अनि ड्याल-ई थ्री एआई डिजाइनर फिचरमार्फत रमाइला स्टिकर बनाउन सकिन्छ ।
यसले किबोर्डलाई राम्रोसँग पर्सनलाइज गरेर रमाइलो र इन्ट्रेस्टिङ बनाइदिन्छ ।
कसरी स्विफ्टकी सेटअप गर्ने ?
-मोबाइलमा रहेको एपस्टोरमा गएर ‘SwiftKey’ डाउनलोड गर्नुहोस् ।
-डिफल्ट किबोर्डको रूपमा एक्टिभ गर्नुहोस् ।
-माइक्रोसफ्ट अकाउन्ट साइनइन गरेर क्लाउड क्लाउड क्लिपबोर्ड लगायत थप फिचरहरू अनलक गर्नुहोस् ।
यति गरेपछि तपाईंको मोबाइल टाइपिङ अनुभवमा नयाँ संसार खुल्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १२:२३
सामाग्री श्रोत :
टेक पाना