२०८२ असार २६ बिहीबार
LATEST NEWS
२०८२ असार २६ बिहीबार

सामसङले सार्वजनिक गर्‍यो विश्वकै हल्का फोल्डेबल फोन ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले तीन नयाँ फोल्डेबल फोन सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले फोन सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएका मोडेलमा ग्यालेक्सी जेड फ्लिप सेभेन एफई, ग्यालेक्सी जेड फ्लिप सेभेन र ग्यालेक्सी जेड फोल्ड सेभेन रहेका छन् । यी तीन मोडेलमध्ये सबैभन्दा महँगो ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ ले सबैको ध्यान तानेको छ । यसले विश्वका सबैभन्दा पातला र हल्का फोल्डेबल फोनलाई कडा टक्कर दिने देखिएको छ ।

कति पातलो र हल्का छ ग्यालेक्सी जेड फोल्ड सेभेन ?

ग्यालेक्सी जेड फोल्ड सेभेन पट्याउँदा जम्मा ८.९ एमएम र पूरा खोल्दा ४.२ एमएम मात्रै पातलो छ । यसको तौल केवल २१५ ग्राम रहेको छ । यो भनेको विश्वकै सबैभन्दा हल्का बुक-स्टाइल फोल्डेबल फोन हो । यो अनर म्याजिक भी५ भन्दा केवल ०.१ एमएम बाक्लो हुँदै विश्वको दोस्रो सबैभन्दा पातलो फोल्डेबल फोन बन्न सफल भएको छ ।

यो फोन सामसङका पुराना फोल्ड सिरिजका फोनभन्दा निकै पातलो र हल्का छ । ​पहिलो ग्यालेक्सी फोल्ड १५.५ एमएम बाक्लो र २७६ ग्राम तौलको थियो भने ग्यालेक्सी जेड फोल्ड ६ को मोटाइ १२.१ एमएम र तौल २३९ ग्राम थियो ।

अन्य ब्रान्डसँग तुलना:

  • ग्यालेक्सी जेड फोल्ड सेभेन: ८.९ एमएम / २१५ ग्राम

  • अनर म्याजिक भी५: ८.८ एमएम / २१७ ग्राम

  • ओप्पो फाइन्ड एन५: ८.९ एमएम / २२९ ग्राम

  • भिभो एक्स फोल्ड ५: ९.२ एमएम / २१७ ग्राम

  • साओमी मिक्स फोल्ड ४: ९.५ एमएम / २२६ ग्राम

  • हुवावे मेट ६: ९.९ एमएम / २३९ ग्राम

  • गुगल पिक्सेल ९ प्रो फोल्ड: १०.५ एमएम / २५७ ग्राम

पातलो बनाउन गरिएका परिवर्तन

फोनलाई पातलो र हल्का बनाउन सामसङले यसको डिजाइन र बनोटमा थुप्रै परिवर्तन गरेको छ । यसलाई रि-इन्जिनियरिङ गरिएका कम्पोनेन्ट, उच्च-घनत्व भएको लजिक बोर्ड र कार्बन फाइबरको सट्टा ग्रेड ४ को टाइटेनियम प्रयोग गरिएको छ । साथै यसमा ‘आर्मर फ्लेक्सहिन्ज’ नामक वाटरड्रप आकारको हिन्ज र मल्टी-रेल संरचनाको प्रयोग गरिएको छ । यसले भित्री स्क्रिनलाई सहज रूपमा पट्याउन मद्दत गर्ने कम्पनीले बताएको छ । 

पातलो तर बलियो भएको दाबी

आफ्नो पातलो र हल्का डिजाइनका बाबजुद ग्यालेक्सी जेड फोल्ड सेभेन निकै बलियो र टिकाउ भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसको फ्रेम ‘एडभान्स्ड आर्मर एलुमिनियम’ बाट बनेको छ । यसको बाहिरी स्क्रिनमा ‘कर्निंग गोरिल्ला ग्लास सेरामिक २’ को सुरक्षा छ भने भित्री स्क्रिनमा ५० प्रतिशत बाक्लो ‘अल्ट्रा थिन ग्लास’ प्रयोग गरिएको छ । फोनको पछाडिको भागलाई ‘गोरिल्ला ग्लास भिक्टस २’ ले सुरक्षित राख्छ ।

कम्पनीले विश्व बजारमा आजैदेखि ग्यालेक्सी जेड फोल्ड सेभेनको प्रि-अर्डर खुला गरेको जनाएको छ । नेपालमा पनि यो फोन चाँडै सार्वजनिक हुने चर्चा छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २१:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट